नयाँ दिल्ली । भारतीय कमेडियन भारती सिंह र उनको श्रीमान् हर्ष लिम्बाचिया छिट्टै दोस्रो सन्तानको माता–पिता बन्न लागेको खबर बाहिरिएको छ । यो जोडीको यसअघि एक छोरा छन् ।
यसैबिच भारती सिंहले सामाजिक सञ्जालमा हर्ष लिम्बाचियासँगको एउटा सुन्दर तस्बिर सेयर गर्दै आफू फेरि आमा बन्न लागेको बताएकी छिन् ।
फोटोमा हर्षले भारतीलाई अँगालो हालेको देखिन्छ । फोटोमा भारतीको ‘बेबी बम्प’ पनि प्रस्टै देखिन्छ । उनको यो पोस्टमा परिणति चोपडा, दिव्या अग्रवाल, नीति टेलर दृष्टि धामी, जेमी लिभर लगायत कयौँ सेलिब्रेटी र फ्यानहरूले बधाई दिइरहेका छन् ।
भारती र हर्षले २०१७ मा विवाह गरेका थिए । २०२२ को अप्रिलमा जोडीको पहिलो सन्तान जन्मियो । उनीहरूले छोराको नाम लक्ष्य लिम्बाचिया राखेका थिए । आफ्नो भ्लग र पोडकास्टमा भारती र हर्ष दुवैले बारम्बार दोस्रो सन्तानको इच्छा व्यक्त गर्दै आएका थिए ।