मनोरञ्जन

    Showing 701-710 of 2,829 items.
  • ‘झिँगेदाउ २’मा मुकुनलाई रिप्लेस गर्दै महेश

    निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुसालको ठाउँमा महेश त्रिपाठी भित्रिएका छन् । यो फिल्मको कथाअनुसार कलाकार रिप्लेस गरेको निर्देशक देउजाले बताए। उनले भने,-‘अब मुकुन फिल्ममा छैनन् । मैले हटाइसकेको छ। उनको ठाउँमा महेश त्रिपाठी अनुबन्धित पनि भइसकेका छन् ।’ फिल्ममा महेशले केकीको श्रीमानको भूमिकामा निभाउनेछन् । यो सुपरहिट फिल्म ‘झिँगेदाउ’को यो सिक्वेल हो । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्टलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन् । घरेलु बक्स अफिसमा ४ करोडमाथिको व्यापार गरेको यो फिल्म जहाँ अन्त्य भएको थियो, त्यही

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 355 पटक पढिएको
  • परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

    सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ । सो गीतमा सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ । हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज विष्टको गितारले गीतलाई जीवन्त बनाएको छ । “घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ”,

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 522 पटक पढिएको
  • सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो ।सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् । उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए । उनले भने, ‘यो सबै खेलकुदको कुरा

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 415 पटक पढिएको
  • ‘मन बिनको धन’ को गीत सार्वजनिक

    गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश "बा आमा " बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकीको  संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द छ  । देशैभरिका हलमा प्रदर्शन भईरहेको  ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ । दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जाल

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 426 पटक पढिएको
  • सन्चो भएर अस्पतालबाट घर फर्किए धर्मेन्द्र

    बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई केही दिनअघि ब्रीच केन्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।अस्पतालका चिकित्सक प्रतीत समदानीका अनुसार धर्मेन्द्रलाई बिहान साढे सातबजे डिस्चार्ज गरिएको हो ।परिवारकै आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको डा. समदानीले जानकारी दिए । उनका अनुसार परिवारले घरमै राखेर उपचार गराउन चाहेका कारण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।धर्मेन्द्रको घर आसपासको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । भ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 342 पटक पढिएको
  • 'आ बाट आमा'को २ वटा पोस्टर सार्वजनिक

    आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई वटा पोस्टर सार्वजनिक गरेको हो। ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’बनाउनु पर्‍यो’भन्नै स्लोगन राखिएको छ। यस शब्दले पनि चलचित्रले आमा बुबा र छोराछोरीबिचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। एउटा पोस्टरमा बिपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुसी देखिएका छन्। सोही ठाउँमा साइग्रेस पोखरेल पनि खुसी मुन्द्रामा देखिन्छन्। अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान् श्रीमतीको भूमिकामा रहेको बिपना र प्रदीप अ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 435 पटक पढिएको
  • चलचित्र पत्रकार कल्याणकारी कोषमा माग्ने बुढाको २५ हजार सहयोग

    चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोष का लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्।चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ। यही अभियानअन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन्।सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने, “म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु। यो पटक चलचित्र पत्रकारहरूका लागि

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 313 पटक पढिएको
  • के छ ‘मुगलान’को तिजरमा ?

    रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ टिजर रिलिज भएको छ। निर्माण टिमले आइतबार फिल्मको टिजर युना डिजिटल युटुब च्यानलमार्फत गरेको हो।३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई भन्छ। परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ। फिल्मको टिजरले नै भन्छ कि नेपाली समाजको कथा हो।‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको यो फिल्ममा अ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 391 पटक पढिएको
  • ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री

    मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो।चलचित्रका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने,‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।’निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मप्रतिको चासो उच्च देखिएको छ। उनका भन

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 315 पटक पढिएको
  • जेरी अन टप: २०८२ मा सर्वाधिक कमाइ गर्ने फिल्म

    गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’  गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए । उनले भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकल

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.