गान्तोक - नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्
प्रिमियरमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथि रहिन्। त्यसै गरी सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पा लगायत राज्यका अन्य उच्चपदस्थ अधिकारी तथा कलाकारहरूको उपस्थिति उल्लेखनीय रह्यो। नेपालबाट अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, डिओपी चिन्तन राज भण्डारी, सम्पादन कृष्ण भण्डारी, निर्देशक नवीन चौहान तथा निर्माताहरु सहित अन्य टिमको उपस्थिति थियो।
प्रमुख अतिथि राईले चलचित्रप्रति प्रशंसा व्यक्त गरिन्। “एसली प्रोडक्सनले नेपाली भाषीहरूबिचको एकता झल्काउने यस्तो मिठो चलचित्र सिक्किममा ल्याएकोमा धन्यवाद दिन चाहन्छु। भौगोलिक र राजनीतिक रूपमा अलग भए पनि नेपाली भाषीहरूको भावना, संस्कृति, र परम्परा एकै हो भन्ने सन्देशले निकै छोयो। ‘ऊनको स्वीटर–२’ पनि हेर्ने चाहना छ," उनले सिक्किम सरकारले नेपाली भाषाका चलचित्रलाई निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्दै सिक्किमबाट पनि यस्तै स्तरका फिल्म निर्माण हुने अपेक्षा व्यक्त गरिन्।
निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ चलचित्र प्रस्तुत गर्न पाउनु गर्वको कुरो भएको बताए। भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझ धेरै राम्रा नेपाली चलचित्र नियमित रूपमा रिलिज हुने मार्ग खुलेको उनले बताए।
प्रिमियरमा उपस्थित दर्शकहरूले सिक्किममा पहिलो पटक यसरी भव्य प्रिमियर हेर्न पाएकोमा खुसी व्यक्त गरे। “नेपालमा यति उत्कृष्ट चलचित्र बन्ने रहेछ भन्ने कल्पना थिएन। भारतमा यसको भविष्य व्यापक देखिन्छ,” एक दर्शकले प्रतिक्रिया दिए। दर्शकहरूले यस्ता स्तरका फिल्महरू नियमित आउने हो भने आफ्नो पहिलो रोजाइ नेपाली चलचित्र नै हुने बताए।
चलचित्र आजदेखि भारतका १४ प्रमुख हलहरूमा प्रदर्शनमा आएको छ। यसमा दार्जिलिङको एसभिएफ सिनेमा, कर्स्याङको फन्
गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान, अभिनेता–अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ र कालिम्पोङका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमु
यसअघि बुधवार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’ कार्यक्रममा हजारौँ दर्शक सहभागी भएका थिए। नेपालबाट आएका कलाकार र सुजन चापागाईँको लाइभ प्रदर्शनले वातावरण रोमाञ्चक बनाएको थियो।
गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ। नेपालमा करिब १२ करोड रुपैयाँ कमाएर वर्षकै सफल मध्ये एक चलचित्र बनेको ‘ऊनको स्वीटर’ भारतमा पनि त्यही लोकप्रियता दोहोर्याउने अपेक्षा लिइएको छ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पा






































