आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ।

यसअघि यस फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ। पछिल्लो समय यो फिल्मको विदेशमा उच्च माग बढेको देखिन्छ।

यस फिल्मको निर्देशक चन्द्र पन्त हुन्। उनका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो।

निर्देशक चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,अंशु महर्जन,सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी,दिलिप उखेडा,रचना गौतमको अभिनय रहेको छ। फिल्मले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने व्यवहारलाई केन्द्रमा राखेको बताइएको छ।

यस फिल्ममा ‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगनले दर्शकको ध्यान ताकिसकेको छ। किनभने यस शब्दले आमा बुबाप्रति छोराछोरीबीचको गहिरो भावना कथा बुनिएको छ भनेर बुझ्न सकिन्छ।

नेपालमा फिल्म वितरणको अधिकार आरआर फिल्मस्ले पाएको छ भने फिल्मको डिजिटल अधिकार ओएसआर रहेको छ। आगामी माघ १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो फिल्मबाट निर्देशक चन्त निकै उत्साहित देखिएका छन्। उनको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘ह्रस्वदीर्घ’ हो। जुन गत वर्ष सफल प्रदर्शनमा आएको थियो।