मनोरञ्जन

    Showing 2,341-2,350 of 2,829 items.
  • खुस्मा टिजरमा प्रेम र विछोड

    काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने फिल्मको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्धन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ ।एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो । डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय फिल्म म

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 419 पटक पढिएको
  • एन्जल नयाँ मिस मंगोल

    काठमाडौं । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘प्रभु बैंक मिस मंगोल नेपाल २०२४’ को उपाधि खोटाङकी २३ वर्षिया एन्जल राईले जितेकी छन् । नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा रिडी ग्रुपको प्रस्तुती रहेको प्रतियोगितामा उनले ‘मिस ट्यालेन्ट’को उपाधीसमेत हात पारिन् ।शीर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी स्नातक अध्ययनरत एन्जलले अब प्रभू बैंक, नेपाल आदिवासी जनजाती महासंघ, रिडी ग्रुप लिमिटेड एवं नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दुत भई काम गर्ने अवसर समेत पाएकी छन् ।प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु सेकेन्ड रनरअप हुन सफल भएकी छन् । स्नातक अध्ययनरत २१ वर्षिया लिम्बुले ५० हजार

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 904 पटक पढिएको
  • सर्वोच्च अदालतमा देखाइँदै लापता लेडिज

    मुम्बई(एजेन्सी) । जियो स्टुडियोज र आमिर खान प्रोडक्सनको फिल्म ‘लापता लेडिज’ भारतको सर्वोच्च अदालतमा प्रदर्शन गरिने भएको छ । किरण राव निर्देशित यो फिल्म पछिल्लो समयमा दर्शकले रुचाएको फिल्ममा पर्दछ ।फिल्मले थिएटर र ओटीटी दुवैमा राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्मलाई सर्वोच्च अदालतमा विशेष शो गरिँदैछ । जसमा निर्माता आमिर खान र निर्देशक किरण राव नै सहभागी हुँदैछन् ।‘यो देखेर मलाई गर्व लागेको छ कि लापता लेडिज भारतको सर्वोच्च अदालतमा प्रदर्शन भएर इतिहास रच्दैछ । यो दुर्लभ सम्मानका लागि भारतका माननीय मुख्य न्यायाधीश डी.वाईं चन्द्रचुडप्रति आभारी छु । मलाई शुरुदेखि नै फूल र जयाको कथा दर्शकलाई मनपर्छ

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 338 पटक पढिएको
  • ह्रस्व दीर्घको उठेर नाचिस्यो, बसेर नाचिस्यो

    काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको फिल्मको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् ।फिल्मको यो गीतमा दुर्गेश थापाको संगीत, शब्द र एरेञ्ज रहेको छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । पाश्र्व गायनमा उनको यो डेव्यु फिल्म हो । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ फिल्मको हाइप निर्माण गर्ने विश्वास टिमको छ ।नीता फिल्मस्को प

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 574 पटक पढिएको
  • ‘कसौटी जिन्दगीकी’का स्क्रिप्ट राइटर महेश न्यायिक हिरासतमा

    मुम्बई(एजेन्सी) । भारतीय प्रख्यात टेलिफिलम ‘कसौटी जिन्दगी कि’का स्क्रिप्ट राइटर महेश पाण्डेलाई मुम्बई प्रहरीले फिल्म निर्माता जतिन सेठीमाथि २ करोड ६५ लाख रुपैंयाँ धोकाधडी गरेको आरोपमा न्यायिक हिरासतमा राखेको छ । प्रहरीका अनुसार उनलाई अदालतमा उपस्थित गराएर न्यायिक हिरासतमा राखिएको हो ।निर्माता जतिनले महेशले व्यापारिक सम्झौताको शर्तको उल्लंघन गरेको आरोप लगाएका छन् । आफूलाई उनले फर्जी इमेल आइडी बनाएर गुमराहमा पारेको आरोप लगाएका छन् ।महेशले कैयौं प्रख्यात टेलिफिल्म लेखेका छन् । उनले करियरको सुरुवात ‘कहानी घर घर की’बाट गरेका थिए । यसपछि उनले ‘कसौटी जिन्दगी की’, ‘कसम से’ र ‘विद्या’ जस्ता टेलिफिल्म ल

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 533 पटक पढिएको
  • एसिड आक्रमणविरुद्ध रावायण पोस्टर

    काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को दोस्रो फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् ।फस्टलुकमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ । नायिका पुजालाई भने रिसाएको देख्न सकिन्छ । उनले कसैलाई आँखा तर्किएर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो तस्वीर हेर्दा फिल्म एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ ।यसअघि फिल्मको सार्वजनिक पलको सोलो फस्टलुकले बजारमा राम्रै चर्चा पाएको थियो ।फिल्मका नि

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 538 पटक पढिएको
  • करियर जोगाउन अक्षयद्वारा करोडौं रुपैंयाँ दान

    मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमारले पछिल्ला वर्षमा बक्सअफिसमा हिट फिल्म दिन सकेका छैनन् । फिल्म ‘सूर्यवंशी’ रिलिज पछि उनको करियर ओरालो लाग्दो छ । किनकी बक्सअफिसमा उनी सफल हुन सकेका छैनन् ।फिल्म ‘बडे मिया छोटे मियाँ’ र ‘सरफिरा’को असफलतापछि अक्षय नयाँ कमेडी फिल्म ‘खेल खेल मे’का कारण चर्चामा छन् । यो फिल्मप्रति उनका फ्यान उत्साहित छन् । फिल्म रिलिज अघि अक्षय फिल्मका निर्देशक मुदस्सर अजीजका साथ प्रार्थना गर्न मन्दिर यात्रामा छन् । उनी हालैमात्र हाजी अली दरगाह पुगे । जहाँ उनले करोडौं रुपैंयाँ दान गरे ।त्यसो त मन्दिरलाई करोडौं रुपैयाँ दान दिएको यो पहिलोपटक होइन । यसअघि पनि उनले मन्दिरलाई क

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 426 पटक पढिएको
  • ‘घर नम्बर २को छायांकन सुरु

    काठमाडौं । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । फिल्मको छायांकन गोदाबरीबाबट सुरु गरिएको निर्माणपक्षको भनाई छ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।भोलिबाट फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो । शुभसाइत समारोहमा फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए । फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 690 पटक पढिएको
  • घरज्वाइँका लागि जापान जाँदै मिरुना

    काठमाडौं । अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् । अगस्ट ११ तारिख आइतबार राजधानी टोकियोमा प्रदर्शन हुन लागेको फिल्म ‘घरज्वाइँ’को प्रदर्शनमा सहभागी हुन उनी जापान जान लागेकी हुन् ।नेपाल मगर संघ जापानको आयोजनामा ‘घरज्वाइँ’ जापानभर प्रदर्शन हुनेछ । अगस्ट ११ तारिखमा टोकियो, १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी सिनेमाको शो हुनेछ । सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि ‘घरज्वाइँ’ प्रदर्शन हुनेछ ।करीब दुई लाख नेपाली रहेको जापानमा मिरुना मगरलाई पनि चाहिन्छ भन्ने नेपाली दर्शकहरुको मागलाई सम्बोधन सोरुप उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले बताए । जापानक

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 504 पटक पढिएको
  • नरसिंहाः अवतारमा राजेश हमाल

    काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ ।  निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।नरसिंहाको अर्थ भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । दैत्य हिरण्यकश्य

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 411 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.