काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ विजेता गायक करण राईको शब्दमा गायक राजेशपायल राईले गाएको गीत ‘मैले माया गरेको मान्छे’ सार्वजनिक भएको छ । करण राई युट्युव च्यानलमा सार्वजनिक महेन्द्र राईको संगीत छ । गीतमा राजेशपायललाई गायिका दीपा तामाङले साथ दिएकी छिन् ।

गीतमा करणको वास्तविक प्रेम कहानी जोडिएको बताइएको छ । गीतमा सञ्जिव बराईलीको एरेञ्ज, किश्वर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । 

OM Sai Pathibhara Hospital

म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका थिए । स्टुडियो भिडियोलाई झस्केलो कृयशनले बनाएको हो ।