काठमाडौं । हिंन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराधजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

OM Sai Pathibhara Hospital

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न फिल्म निर्देशन गरेको बताए । कोरोना अगाडिबाट नै सुरु गरिएको फिल्म निर्माणका क्रममा आफुले विभिन्न उतारचढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको खुलाए ।

निर्देशक राईले आफुले यो सामाजिक कथामा फिल्म निर्माण गर्न लाग्दा धेरैले कमर्सियल कथामा काम गर्न सुझाव आएपनि सामाजिक न्यायका लागि यस्ता कथा भनिनु पर्छ भन्ने लागेकाले देवी बनाएको बताए । आफ्नो सिनेमा रिलिजमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई धन्यवाद दिए ।

निर्देशक राईलाई यो फिल्म निर्माणमा फिल्मकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी फिल्ममा सह–निर्माताको रुपमा छिन् । फिल्मको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने फिल्मको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो । सार्वजनिक प्रदर्शनका लागि यो फिल्म निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको फिल्ममा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्म मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।