मनोरञ्जन

    Showing 2,231-2,240 of 2,735 items.
  • रावायण शीर्ष गीत सार्वजनिक

    काठमाडौं । आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को शीर्ष गीत ‘रावायण’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड गीतमा नकासा अजिजको स्वर, रेवन आरती सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ ।फिल्ममा पलले कान्छा र रागव चरित्र निभाएका छन् । यो गीतमा उनलाई त्यही दुई पात्रमा देखाइएको छ । गीतमा कलाकार र कोरसको प्रस्तुती उत्कृष्ट छ । गीतको निर्माण शैली उच्च कोटीको छ । नायिका पुजाले पनि दिल खोलेर नाँचेकी छन् । पलले पनि नृत्यमा धेरै मेहनत गरेको भिडियोमा देख्न सकिन्छ । गीतको अन्तिमतिर निर्देशक सुदर्शन थापाको आगमन दर्शकका लागि ‘बोनस’ जस्तै छ । गीतमा सौरभ लोखण्डे र

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 395 पटक पढिएको
  • असोज २४ मा ज्वाई साब

    काठमाडौं । वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’ आगामी असोज २४ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बडा दशैंको अवसर असोज २४ गते फूलपातीको दिन फिल्म रिलिज गर्न लागेको हो । फिल्मको हाल धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । फिल्ममा उनको अपोजिटमा निती शाह छिन् । फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाह गरेर फूलपातीमा फ

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 446 पटक पढिएको
  • नमेटिने घाउको पोस्टरमा देवेन्द्र र ज्ञानेन्द्र

    काठमाडौं । फिल्म  ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसगै फिल्मका मुख्य कलाकारहरु समाबेश गरिएको छ। अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्मको यस अघि ट्रेलरलाई दर्शकले मन पराएका छन्  । भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 505 पटक पढिएको
  • सानफ्रान्सिस्कोमा नेपथ्यले रच्यो इतिहास

    सानफ्रान्सिस्को । अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए । मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे । अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झन्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे । साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे र त्यो झन्डा समातेर सुरुमा आफूले ओढे अनि बाँकी सदस्यलाई समेत ढाकिदिए । त्यो दृश्यले हजारौँ दर्शकबीच उत्साह र उमंगको भेल बगे जस्तो भयो ।‘यसैगरी खुसी भएर बस्नुस्,’ अमृतले बिदाइको हात हल्लाउँदै भने, ‘नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 590 पटक पढिएको
  • छक्का पञ्जा ५ को बिहे भाको छैन

    काठमाडौं । यस वर्षको दशैंको अवसर पारेर आगामी असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा ५’ पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर, दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ ।गीतमा फिल्मका प्रमुख अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको अन्तिममा अर्का कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ देखिएका छन् ।दीपाश्री निरौलाको निर्देशित फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज स्वयंको पटकथा लेखन, दीपक, केदार घिमिरे र दिलीप तामाङको कथा र संवाद, रो

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 629 पटक पढिएको
  • बुलाकीको रातले कुर्या चन्द्रमा

    काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को नयाँ गीत रातले कुर्या चन्द्रमा सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् ।गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ । एरेञ्जको काम धनबहादुर गिरी ९बाबुल०कै छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो फिल्म तयार भएको हो ।राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, स

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 614 पटक पढिएको
  • विवाह परम्पराको कथामा वर एण्ड वधु

    काठमाडौँ । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।“पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्मभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ”, निर्देशक चाम्सले भने । नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 543 पटक पढिएको
  • किङका लागि तौल घटाउँदै शाहरुख

    मुम्बई(एजेन्सी) । गत वर्ष ब्याक टु ब्याक तीन हिट फिल्म दिएका अभिनेता शाहरुख खानले हालसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् । तर उनको आगामी फिल्मबारे विभिन्न समाचार सार्वजनिक भइरहेका छन् । हालैमात्र शाहरुखले नयाँ फिल्म ‘किङ’को आधिकारिक रुपमा कन्फर्म गरेका छन् । हालै आयोजित ७७ औं लोकानी फिल्म फेस्टिभलको लाइभ सेसनको समयमा उनले ‘किङ’ बारे अपडेट गरेका हुन् ।सुजाय घोषद्वारा निर्देशित ‘किङ’ एक एक्न थ्रिलर फिल्म हो, जमा शाहरुख पुनः एकपटक एक्सन अवतारमा देखिँदैछन् । ‘एक्सन गाह्रो विषय हो । यसलाई सिक्नु पर्छ र केही खतरनाक स्टन्ट डबल्स गर्नुपर्छ । मसँग केही राम्रा मान्छे छन् । तर यसलाई वास्तविक रुपमा द

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 427 पटक पढिएको
  • अब नाच्छ अमेरिकामा नाँचे नेपाली

    काठमाडौं । गायिक रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित मर्ने गरी नचाएको आयोजकले जनाएको छ । । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो । तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो । यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शािन्त श्री र ज्योति मगरले बोस्टनका ५ सय बढी दर्शकलाई

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 577 पटक पढिएको
  • वर एण्ड वधुको एकसाथ तीन पोस्टर

    काठमाडौं । भदौको १४ गतेबाट रिलिज हुने फिल्म ‘वर एण्ड वधु’को एकसाथ तीन पोस्टर रिलिज गरिएको छ । सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । त्यस्तै अर्को पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मालगायतका कलाकारहरुको अभिनय छ ।प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 663 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.