काठमाडौं – बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । उनलाई आफ्नै पेस्तोलले गोली लागेको हो, जुन घटना मंगलबार बिहान करिब ४:४५ बजे भएको थियो । 

दैनिक भास्करका स्रोतका अनुसार ६० वर्षीय गोविन्दालाई रिभल्भर सफा गर्ने क्रममा मिस फायरिङका कारण गोली लागेको हो । मुम्बई प्रहरीले घटनास्थलमा पुगेर उनको रिभल्भर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

OM Sai Pathibhara Hospital

गोली लागेर खुट्टाबाट धेरै रगत बगेको कारण उनलाई अन्धेरीस्थित कृति केयर अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका स्रोतका अनुसार प्रारम्भिक उपचारपछि गोविन्दा अहिले खतरामुक्त छन् । 

कुली नम्बर १, हिरो नम्बर १, राजा बाबु, र छोटे सरकार जस्ता चलचित्रमा अभिनय गरेका गोविन्दा पछिल्लो ५ वर्षदेखि चलचित्रबाट टाढा छन् । उनकाे अन्तिम फिल्म २०१९ मा रिलिज भएको रंगीला राजा हो ।