काठमाडौं–आउँदो कात्तिक ३० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन हाललाई स्थगित गरिएको छ। वितरक करण श्रेष्ठका अनुसार, ‘पूर्ण बहादुरको सारङ्गी’ को अभूतपूर्व व्यापारले नयाँ चलचित्रको शो बाँडफाँडमा समस्या आउने भएकाले नयाँ मिति नतोकिएसम्मका लागि स्थगित गरिएको हो।
निर्देशक दीपेन्द्र गौचनले दर्शकको साथ पाएको चलचित्रलाई सहयोग गर्न प्रदर्शन रोकिएको र छिट्टै नयाँ मिति घोषणा गरिने बताउनुभयो। चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।