काठमाडौं–नेपाली चलचित्र उद्योगमा अभिनेत्री प्रियंका कार्की एक चर्चित नाम हो । उनले गर्ने कुनै पनि कुरा फ्यानका लागि चासोको विषय बन्छ ।

हालै सामाजिक सञ्जालमा उनलाई लिएर एक नराम्रो खबर फैलिएको थियाृे । त्यसलाई लिएर नायिका स्वंयमले खन्डन गर्नुपरेको छ । उनलाई लिएर फैलिएको नराम्रो हल्लापछि सामाजिक सञ्जालमा एक स्टोरी सेयर गर्दै यस्तो उनले आफू सुरक्षित रहेको जानकारी दिएकी छन् ।

OM Sai Pathibhara Hospital

इन्स्टाग्राममा उनले भनेकी छन्, “कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । कृपया यो खबरमा विश्वास नगर्नुहोस्, चिन्ता नगर्नुहोस् । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’ को सेटमा छु ।” यसअघि हास्य कलाकार रामचन्द्र अधिकारीको बारेमा पनि यस्तो हल्ला फैलिएको थियो ।