खेलकुद

    Showing 881-890 of 1,313 items.
  • पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथाको शिखरमा

    झापा / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । आरोहीद्धय फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले मे ७ मा उनीहरूको जर्सी सगरमाथाको शिखरमा पुर्याएका हुन् । पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको शिखरमा पुर्‍याइएको जनाइएको छ। नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता ज्ञानेन्द्र मल्ल पछिल्लो टिममा परेका छैनन् ।हिजो (मंगलबार) काठमाडौं आइपुगेका आरोहीले केही दिनभित्रै उक्त जर्सी पारस र ज्ञानेन्द्रलाई हस्

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 216 पटक पढिएको
  • लिभरपुललाई हराउँदै रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं / रियल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४ औं उपाधि जितेको छ । शनिबार राति फ्रान्सको राजधानी पेरिसमा भएको खेलमा चार वर्ष अघिको फाइनलमा निकालेको नतिजालाई दोहोर्याउँदै उपाधि जितेको हो । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि २०१८ मा पनि रियलले फाइनलमा लिभरपुललाई ३–१ को नतिजामा निराश पारेको थियो । पाँच सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग फाइनल खेलिरहेको लिभरपुललाई अर्को एउटा निराशा चखाउने क्रममा रियलले गए राति पेरिसमा १–० को विजयी नतिजा निकाल्यो । ५९औं मिनेटमा फेडेरिको भाल्भेर्डेको क्रसलाई गोलमा परिणत गर्दै भिनिसियर जुनियरले रियलको जितको कथा

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 165 पटक पढिएको
  • यू–२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा मेघराज नियुक्त

    काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि एन्फाले केसीलाई टिमको जिम्मेबारी दिने निर्णय गरेको हो ।केसीले सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि छिट्टै प्रशिक्षण सुरु गर्ने बताएका छन् । एन्फाले यू–२० फुटबल खेलाडी छनोटका लागि जेठ २० गतेको सूचना जारी गरेको थियो ।सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने छनोट प्रतियोगितामा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।१० वटा समूहमा विभाजन गरी छनोट प्रतियोगिता सञ्चालन गरिएको छ । हरेक समूहको शीर्ष

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 210 पटक पढिएको
  • १० हजारका दरले बढ्यो नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब

    काठमाडौँ / क्यान राष्ट्रिय सम्झौतामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ ।  क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक  ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 141 पटक पढिएको
  • एन्फा चुनावका लागि २९ जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ / आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहानसम्म अध्यक्षमा दुई जनाको सहित २९ जनाको नाम उम्मेदवारी दर्ता भएको हो । आगामी चार बर्से कार्यकालको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । यस अघि २०७४ सालमा दुबै एकै समूहबाट विजय हुँदै नयाँ कार्यसमिति निर्माण गरेका थिए । जुन समूहले चुनावमा ‘क्लिन स्विप’ गरेको थियो । यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 163 पटक पढिएको
  • एन्फा चुनावः अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

    काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बागलुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 134 पटक पढिएको
  • फेयरटेक्स फाइट प्रोमोसनमा नेपालका गुणराजद्वारा म्यानमारका खेलाडी पराजित

    काठमाडौँ / नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले प्रोफेसनल फाइटमा जीत हात पारेका छन् । फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् ।गुणराजले म्यानमारका माङकोन यतितलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 136 पटक पढिएको
  • अझै ३ वर्ष पीएसजीमै रहने एम्बाप्पेको सम्झौता

    एजेन्सी / फ्रान्सेली फरवर्ड केलियन एम्बापे आगामी ३ वर्षका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) मै रहने भएका छन् । लामो समयदेखि एम्पाबे रियल मड्रिड जाने चर्चा चले पनि उनले पीएसजीमै रहने निर्णय गरेका हुन् । एम्पाबेले पीएसजी र रियलमध्ये कुन टोलीलाई रोज्न भनेर दुवै क्लब नै अनविज्ञ थिए । उता रियलले भने क्रिस्टियानो रोनाल्डोले छाडेपछि ठूला खेलाडीलाई क्लबमा भित्राउन सकेको छैन । स्पेनिस क्लबले २० करोड युरोसम्म एम्बाप्पेलाई तिर्न तयार भएको थियो । तर एम्वापेले आगामी सन् २०२५ सम्म लिग वान क्लबमा नै रहने निर्णय गरेका हुन् । एम्बापेले क्लबसँग सम्झौता गर्दै भने, ‘मैले पीएसजीमै रहने निर्णय गरे

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 261 पटक पढिएको
  • ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डा नेपालसँग ३३ रनले पराजित

    काठमाडौँ / युगान्डासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल नेपालले जितेको छ । शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा नेपालले युगान्डालाई ३३ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । ६१ बल सामना गरेकी उनले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले १८ रन बनाउँदा सीता राना मगरले १७ रनको योगदान दिइन् । त्यस्तै नेपाललाई युगान्डाले अतिरिक्त २० रन दिएको थियो ।युगान्डाका लागि कोन्सी अवेको र फियोना कुलुमेले १र१ विकेट लिएका थिए

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 226 पटक पढिएको
  • एसियन कप छनोटका लागि अलमुतारीले गरे टिमको घोषणा

    काठमाडौँ / नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टिमको घोषणा गरेका छन् ।प्रशिक्षक अलमुताइरीले घोषणा गरेको टोलीमा गोल रक्षकमा दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा रहेका छन् । त्यस्तै डिफेन्डरमा विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल रहेका छन् भने मिडफिल्डरमा  आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी रहेका छन् । त्यसैगरी अलमुताइरीले फरवार्डमा आयुश घलान, दर्शन गुरुङ, जर्

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 195 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा