खेलकुद

    Showing 881-890 of 1,464 items.
  • महिला टी–२० विश्व कप : आज भारत र अस्ट्रेलिया खेल्दै

    झापा - महिला टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी–२० विश्व कपमा भारतले साविक विजेता अस्ट्रेलियासँग खेल्न लागेको हो।खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे केपटाउनमा सुरु हुनेछ । दोस्रो सेमिफाइनलको खेलमा भोलि इङ्ल्यान्ड र आयोजक दक्षिण अफ्रिका खेल्नेछन् ।दुवै सेमिफाइनलका विजेताले आइतवार उपाधिका लागि खेल्नेछन् । अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अस्ट्रेलियाले उपाधि जितेको थियो ।

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 173 पटक पढिएको
  • चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश

    झापा- मछिन्द्र क्लब प्रथम  भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक÷एक गोल गरे ।खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । तर, उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए । यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 249 पटक पढिएको
  • पूर्वकप्तान लामिछानेलाई यूएईमा खेलाउन क्यानले लेख्यो राखेपलाई पत्र

    झापा- पूर्वकप्तान सन्दीप लामिछानेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा खेलाउनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक प्रक्रियामा सहयोग गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई पत्र पठाएको छ । “सन्दीपले विदेशमा खेल्न पाउनुपर्छ भनेर हामीले दाबी गरेका छैनौँ । तर, उनलाई त्यहाँ खेल्न दिनका लागि आवश्यक पर्ने प्रक्रियामा सहयोग गरिदिनका लागि हामीले राखेपलाई पत्र पठाएका छौँ,” क्यानका क्रिकेटिङ म्यानेजर विनोद दासले बाह्रखरीसँग भने ।सन्दीपविरुद्ध नाबालिगमाथि बलात्कार गरेको आरोप छ । त्योसँगै सन्दीपलाई क्यानले गएको भदौ २३ गते निलम्बन गरेको थियो । त्यति बेला सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्नका लाग

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 298 पटक पढिएको
  • महिला ट्वान्टी–२० विश्वकपमा २०० रन बनाउने पहिलो टिम बन्यो इंग्ल्यान्ड

    काठमाडौं - इंग्ल्यान्डको महिला क्रिकेट टिम आईसीसी महिला ट्वान्टी–२० विश्वकपमा २०० रन बनाउने पहिलो टिम बनेको छ । दक्षिण अफ्रिकामा जारी विश्वकपको समूह चरणमा पाकिस्तानविरुद्ध इंग्ल्यान्डले यो कीर्तिमान बनाएको हो । समूह–२ को खेलमा मंगलबार इंग्ल्यान्डले पाकिस्तानसामु निर्धारित २० ओभरमा २१३ रनको योगफल खडा गर्‍यो ।२१४ को विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । पाकिस्तानलाई ११४ रनले हराएको इंग्ल्यान्डको यो नतिजा महिला विश्वकपमा अहिलेसम्मको फराकिलो जित पनि हो ।समूह–२ मा कीर्तिमानी जित निकालेसँगै इंग्ल्यान्ड समूह विजेताको हैसियतमा सेम

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 312 पटक पढिएको
  • रियलले लिभरपुललाई ५–२ गोलले हरायो

    यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ ।गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।अर्को खेलमा इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० गोलले हरायो । नेपोलीका भि

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 257 पटक पढिएको
  • भद्रपुरलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा

    झापा । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए ।घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रमक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जन भन्दाबढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन ।सुरुवातमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टर फाइनलबाटै बाहिरनुप¥यो । आयोजक भद्रपुर

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 486 पटक पढिएको
  • नेपालले स्कटल्यान्डलाई हरायाे

    काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपालले स्कटल्यान्डविरुद्ध जित निकालेको छ ।मंगलबार त्रिवि मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको हो ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । एकदिवसीय क्रिकेटमा रोहितको यो सातौँ अर्धशतक हो ।नेपालले पाएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो ।

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 227 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकप : चर्च व्याइज विजयी, पुलिस ३-० गाेलले पराजित

    झापा -चर्च ब्वाइज युनाइटेड क्लब मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा सोमबार भएको खेलमा अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो । टोलीलाई जित दिलाउन आशिष चौधरीले २ गोल र गगनदीप सिंहले एक गोल गरे ।चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि फागुन १० गते सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबको सामना गर्नेछ । अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले ४० औं मिनेटमा गगनदीपको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा चार मिनेटको फरकमा आशिषले गो

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 456 पटक पढिएको
  • क्रिकेटर लामिछाने सर्वोच्च अदालत जाँदै

    झापा- उच्च अदालत पाटनको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन् । उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्ध तथा धरौटी रकमको विषय पुनरावलोकनका लागि लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गर्ने तयारी गरेको अधिवक्ता सरोज कृष्ण घिमिरेले बताए ।‘सम्भवतः भोलि हामी सर्वोच्च जाने छौँ,’ घिमिरेले भने । अदालतले लगाएको प्रतिबन्धका कारण लामिछानेले संयुक्त अरब एमिरेट्स ९यूएई० मा हुने आगामी शृङ्खलामा सहभागी हुन नपाउने अवस्ता छ । त्यस्तै, अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीपलाई गत पुस २७ गते उच्च अदालतले धरौ

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 323 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकप : आज पुसिल र चर्च ब्वाइजबीच खेल हुँदै

    भद्रपुर- प्रथम भद्रपुर झापा गोल्डकपमा आज  विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ ।  उद्घाटन  खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे ।पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । विजयी भएको आयोजक भद्रपुर ब्लेजर्सले अब क्वाटर

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 400 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.