काठमाडौँ- नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्लेअफबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा भुटानको लिग च्याम्पियन पारो एफसीसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएको हो।
पारोले भने एएफसी च्यालेन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएको छ। अघिल्लो सिजन मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको पारो यो पटक भने घरेलु मैदानमा नै चर्च ब्वाइजलाई स्तरब्ध पार्दै अघिल्लो चरणमा पुगेको हो।
खेलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा विलियन ओपुकुको गोल नै पारोका लागि निर्णायक बन्यो।
खेलको ६७ औँ मिनेटमा विलियन ओपुकुको गोलमा पारो एफसीले अग्रता दोब्बर पार्यो। त्यसअघि खेलको ६२ औँ मिनेटमा मोसेसको हेडर पहिलो बारको नजिकबाट बाहिरियो।
पहिलो हाफको ३८ औँ मिनेटमा लाकेन लिम्बुको गोलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएको थियो। एरिक विष्टको लामो क्रसमा मोसेसको पासमा लाकेनले बललाई पोष्टको जाली चुमाए।