काठमाडौं–पेरिस ओलम्पिकमा चीनले ३९ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रस्थान हासिल गरेको छ । चीनले २७ रजत र २४ कांस्य पदकसहित कुल ९० पदक प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्णसहित १२२ पदक जितेको छ, जसमा ४२ रजत र ४२ कांस्य पदक पनि समावेश छन्।
अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत, र १४ कांस्य पदकसहित कुल ५० पदक जितेर तेस्रो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत, र १३ कांस्य पदकसहित ४३ पदक हासिल गरेको छ भने फ्रान्स १६ स्वर्णसहित ६२ पदकसहित पाँचौं स्थानमा छ ।
अन्य शीर्ष स्थानमा बेलायत, दक्षिण कोरिया, नेदरल्यान्ड्स, जर्मनी, र इटाली रहेका छन्, जसले क्रमश: ६३, ३०, ३२, ३१, र ३९ पदक जितेका छन्।