काठमाडौं–पेरिस ओलम्पिकको पुरुष भाला प्रतियोगितामा पाकिस्तानका अर्शद नदीमले नयाँ ओलम्पिक रेकर्ड कायम गर्दै ३२ वर्षपछि स्वर्ण पदक दिलाएका छन् । पहिलो प्रयासमा फाउल गरे पनि दोस्रो प्रयासमा ९२.९७ मिटरको विशाल थ्रो गरेर सबैलाई चकित पारे ।

यो दूरी प्रतियोगिताभर कोही पनि नजिक पुगेनन् । नदीमपछि दोस्रो स्थानमा रहेका प्रतिद्वन्द्वी तथा च्याम्पियन नीरज चोपडाले पनि पहिलो प्रयासमा फाउल गरेका थिए । उनले दोस्रो प्रयासमा ८९.४५ मिटरको थ्रो गरेर रजत पदक जितेका छन् ।

OM Sai Pathibhara Hospital

नदीमको यो थ्रो पाकिस्तानको पहिलो व्यक्तिगत स्वर्ण पदक हो । उनले बेइजिङ २००८ ओलम्पिकमा नेदरल्याण्ड्सका एन्ड्रियास थोर्किल्डसेनले बनाएको ९०.५७ मिटरको पुरानो ओलम्पिक रेकर्डलाई पनि तोडेका छन् ।