काठमाडौँ। पेरिस ओलम्पिक २०२४को १४औँ दिन पदक तालिकाको शीर्ष स्थानमा अमेरिका कायमै छ । प्रतियोगितामा शुक्रबारका खेलहरू जारी रहँदा अमेरिका ३० स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ । 

कुल १०३ पदक चुमिसकेको अमेरिकाले ३८ रजत र ३५ काश्य जितेको छ । जारी प्रतियोगितामा १००औँ पदक जित्ने अमेरिका एकमात्र देश हो । 

OM Sai Pathibhara Hospital

अमेरिकालाई पछ्याइरहेको चीनले २९ स्वर्ण, २५ रजत र १९ काश्यसहित ७३ पदक जितेको छ । तेस्रो स्थानको अस्ट्रेलियाले १८ स्वर्ण जितेको छ । १४ रजत र १३ काश्य जितेको अस्ट्रेलियाले कुल ४५ पदक जितेको छ । 

चौथो स्थानको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ काश्यसहित ५४ पदक जितेको छ । पाँचौं स्थानमा ब्रिटेन छ । ब्रिटेनले १३ स्वर्ण, १७ रजत र २१ काश्यसहित ५१ पदक जितेको छ । 

छैटौँ स्थानको दक्षिण कोरियाले पनि १३ स्वर्ण, आठ रजत र सात काश्यसहित २८ पदक जितेको छ । सातौँ स्थानमा रहेको जापानले १३ स्वर्ण, सात रजत र १३ काश्यसहित ३३ पदक जितेको छ । 

आठौँ स्थानको नेदरल्यान्ड्सले ११ स्वर्ण, ६ रजत र आठ काश्यसहित २८ पदक जितेको छ । नवौँ स्थानमा इटाली र १०औँ स्थानमा जर्मनी छ । 

इटालीले १० स्वर्ण, ११ रजत नौ काश्यसहित ३० र जर्मनीले नौ स्वर्ण, नौ रजत र पाँच काश्यसहित २३ पदक जितेको छ । प्रतियोगिताको १४औँ दिनसम्म ५८ देशले स्वर्ण जितेका छन् । ५४ देशले काश्य र ६७ देशले रजत जितेका छन् ।