खेलकुद

    Showing ८११-८२० of १,६४७ items.
  • राष्ट्रिय तेक्वान्दो खेलाडी उमर खानको योगदानको प्रशंसा सहित सम्मान

    झापा  ।   झापाको बिर्तामोडमा आज राष्ट्रिय तेक्वान्दो खेलाडी उमर खानलाई सम्मान गरिएको  थियो । उमर खानको तेक्वान्दो क्षेत्रमा उल्लेखनीय योगदान र सफलतालाई कदर गर्दै अमिर खान पठानको नेतृत्वमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रम  सम्पन्न गरिएको थियो ।        कार्यक्रममा सहभागीहरूले उमर खानको खेलकुद यात्राको प्रशंसा गर्दै भविष्यमा  सफलताको कामना गरेका छथिए ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ४१४ पटक पढिएको
  • यू-१९ नेपाली महिला क्रिकेट टोलीको विमानस्थलमा स्वागत

    काठमाण्डौ  ।    नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किएको छ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेर फर्किएको सो टोलीलाई  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • ६०२ पटक पढिएको
  • आईसीसी महिला यू -१९टी -२०बिश्वकपका छनौट

    काठमाण्डौ  ।  नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ।आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको बुधबार भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको हो।नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ।आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको बुधबार भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको हो।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • ३७६ पटक पढिएको
  • नेपाल पहिलोपटक आईसीसी यु-१९ महिला विश्‍वकपमा छनोट

    काठमाडौं- नेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपका लागि छनोट भएको छ । बुधबार भएको निणर्ायक खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक यु-१९ महिला विश्वकपका लागि छनोट भएको हो ।यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • ५६१ पटक पढिएको
  • नेपाल र थाइल्याण्डबीच यु–१९ महिला टि–२० विश्वकप छनोटमा पुनः खेल

    काठमाडौं–युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज थाइल्याण्डविरुद्ध आफ्नो चौथो खेल खेल्दैछ। खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ।नेपालले यसअघि थाइल्याण्डसँग पहिलो खेलमा ६७ रनले जित हात पारेको थियो, भने दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो। तर, शनिबार तेस्रो खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो।छनोट प्रतियोगितामा नेपाल, युएई, कुवेत, र थाइल्याण्ड सहभागी छन्। शीर्ष स्थान हासिल गर्ने टोली मलेसियामा आगामी जनवरीमा हुने यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • ४२२ पटक पढिएको
  • लिग टु खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा १ खेल मात्रै जितेको थियो भने ५ खेलमा हार बेहोर्‍यो । दुई खेल वर्षाका कारण रद्ध भएको थियो ।नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई भने टिमसँग आएनन् । लामो समय टिमसँग काम गरेपछि मोन्टी छुट्टीमा गएको नेपाली टिमका कन्सल्ट्यान्ट प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ५७८ पटक पढिएको
  • आइसिसी लिग–२: अमेरिकासँग पुनः पराजित, नेपाललाई ३७ रनको हार

    काठमाडौं–आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल फेरि अमेरिकासँग पराजित भएको छ। अमेरिकाको ग्राण्ड पेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ३७ रनले पराजित भयो। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.५ ओभरमा २४४ रनमै अलआउट भयो।नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन जोडे भने सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए। कप्तान रोहित पौडेल १ रनमै आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३१ र कुशल मल्लले ३३ रन बनाए।अमेरिकाले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर २८१ रन बनाएको थियो। साइतेजा मकामल्लाले सर्वाधिक ७५ रन तथा मो

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • ४५४ पटक पढिएको
  • इंग्ल्याण्डलाई हराउँदै नेपालको ऐतिहासिक जित, भोलि अष्ट्रेलियासँग खेल्ने

    काठमाडौं–नेपालले हङ्कङको मोङ ककमा भएको ‘हङ्कङ सिक्सेस’ प्रतियोगितामा पहिलो खेलमा इंग्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ।इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। नेपाली टोलीका कप्तान सन्दीप जोराले १२ बलमा चार चौका र छ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए। लोकेश बमले ११ बलमा २० रन र राशिद खानले पाँच बलमा २१ रन जोडे।यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो। इंग्ल्याण्डका कप्तान रवि भोपाराले १२ बलमा सात छक्कासहित ४९ रन बनाएका थिए भने स्मिथ पटेलले १७ बलमा ३९ रन जोडे।नेपालका प्रतिश जिसीले

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • ६२५ पटक पढिएको
  • खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्न सरकार कुनै कञ्जुस्याई गर्दैन् : प्रधानमन्त्री

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई हौसला दिँदै विजेता नभएकोमा दु:ख नमान्न आग्रह गरेका छन् । उनले नेपाली टोलीको बंगलादेशविरुद्धको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै भने, ‘विजेता नभएर दु:ख मान्नु पर्दैन । तेञ्जिङ नोर्गेले पनि पहिलो प्रयासमा नभई आठौँ पटकमा सगरमाथा चढ्न सफल भएका थिए । त्यसैले, आगामी खेलमा विजय सुनिश्चित गर्न अझै मेहनत गर्नुपर्छ ।’प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटघाट कार्यक्रममा उनले खेलाडीलाई तिहारपछि प्रति खेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै खेल क्षेत्रको विकास र खेलाडीलाई प्र

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ५८१ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

    काठमाण्डौ । दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। तर खेलको ८० औँ मिनेटमा गोल गर्दै बंगलादेशले २–१ को अग्रता लिएको थियो। त्यसपछि भने नेपालले गोल फर्काउन सकेन।योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ। बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ५२२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.