काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा १ खेल मात्रै जितेको थियो भने ५ खेलमा हार बेहोर्यो । दुई खेल वर्षाका कारण रद्ध भएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई भने टिमसँग आएनन् । लामो समय टिमसँग काम गरेपछि मोन्टी छुट्टीमा गएको नेपाली टिमका कन्सल्ट्यान्ट प्रशिक्षक जगत टमाटाले जानकारी दिए ।