काठमाडौं–युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज थाइल्याण्डविरुद्ध आफ्नो चौथो खेल खेल्दैछ। खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि थाइल्याण्डसँग पहिलो खेलमा ६७ रनले जित हात पारेको थियो, भने दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो। तर, शनिबार तेस्रो खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो।

OM Sai Pathibhara Hospital

छनोट प्रतियोगितामा नेपाल, युएई, कुवेत, र थाइल्याण्ड सहभागी छन्। शीर्ष स्थान हासिल गर्ने टोली मलेसियामा आगामी जनवरीमा हुने यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।