काठमाडौं–नेपालले हङ्कङको मोङ ककमा भएको ‘हङ्कङ सिक्सेस’ प्रतियोगितामा पहिलो खेलमा इंग्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ।

इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। नेपाली टोलीका कप्तान सन्दीप जोराले १२ बलमा चार चौका र छ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए। लोकेश बमले ११ बलमा २० रन र राशिद खानले पाँच बलमा २१ रन जोडे।

OM Sai Pathibhara Hospital

यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्याण्डले पाँच दशमलव पाँच ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो। इंग्ल्याण्डका कप्तान रवि भोपाराले १२ बलमा सात छक्कासहित ४९ रन बनाएका थिए भने स्मिथ पटेलले १७ बलमा ३९ रन जोडे।

नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले एक–एक विकेट लिए। नेपालले आफ्नो अर्को खेलमा भोलि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।