खेलकुद

    Showing 761-770 of 1,641 items.
  • आज एनपीएल क्रिकेटको फाइनल खेल

    काठमाण्डौ  ।    हजारौं दर्शकमाझ बहुप्रतीक्षित फाइनलका लागि दुवै कप्तान तयार रहेका छन् । सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ। दोस्रो क्वालिफायरबाट फाइनल पुगेको जनकपुरलाई कमजोर आक्न मिल्दैन। शनिबार फाइनल त्यसमाथि पनि बिदाको दिन परेकाले फाइनलको दिन त्रिवि क्रिकेट मैदान ‘फूल-प्याक’ हुने कुरा पक्कापक्की छ ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 444 पटक पढिएको
  • एनपीएल फाइनल खेलमा आज कसको भिडन्त कोसँग ?

    काठमाण्डौ  ।  नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्।नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज शनिबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजेदेखि सुरु हुने फाइनल खेल हुदैछ। यो बहुप्रतिक्षित खेलपछि एनपीएलको ऐतिहासिक प्रथम संस्करणको विजेताको टुंगो लाग्ने छ ।खेल सुरु हुनुभन्दा करिब ३६ घण्टा अगाडि नै फाइनल खेलको जनरल टिकट सोल्ड आउट भइसकेको छ । सुदूरपश्चिमको खेलमा अन्य बेलामा पनि उल्लेख्य रूपमा धेरै समर्थकहरूको मैदानमा उप

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 792 पटक पढिएको
  • एनपीएल खेलमा आज कसको भिडन्त कोसँग ?

    काठमाण्डौ । नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ।  कर्णाली याक्स र   जनकपुर बोल्टस्को बिच हुदैछ।दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो।पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२ : ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 448 पटक पढिएको
  • जनकपुर बोटल्सका कप्तान अनिल साह एनपीएलका अगाडिका खेल खेल्न नसक्ने

    काठमाण्डौ  ।   जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल गुमाउने भएका छन् । अनिलको हातमा चोट लागेको छ ।अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ ।जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिए।

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 295 पटक पढिएको
  • एनपीएल खेलमा आज कसको भिडन्त कोसँग ?

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज दुइ वटा खेल हुँदैछन्। हिजो एक दिन ब्रेक भए पनि आज भने एलिमेटर र पहिलो क्वालिफायर खेल हुँदैछन्।लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्। समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफ दौडबाट बाहिरिएको छ।सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल आज दिउँसो १ बजे सुरु हुनेछ।चितवन र कर्णा

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 475 पटक पढिएको
  • एनपीएल खेलमा आज कसको भिडन्त कोसँग ?

    काठमाण्डौ  ।   एनपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल विहान ९ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ।आजको खेलले कर्णालीको भाग्य निर्धारण गर्नेछ। आजको खेल हारे कर्णाली बाहिरिने सम्भावना रहेको छ। जितसँगै काठमाडौं सात खेलबाट आठ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ। शीर्ष चारभित्र रहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको समान १० अंक छ भने चितवन राइनोज र कर्णाली याक्सको समान आठ अंक छ। 

    • प्रकाशित मितिः पुस १, २०८१
    • 445 पटक पढिएको
  • एनपीएल खेलमा आज कसको भिडन्त कोसँग ?

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन्।पहिलो खेल बिहान सबा नौ बजे काठमाडौं गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्।दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ।पोखराको यो अन्तिम खेल हो। उसले पनि दुई खेलमात्र जितेको छ। सुदूरपश्चिमको भने यो छैटौं खेल हो। यो टोली चार खेलमा विजयी भएको छ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 704 पटक पढिएको
  • नेपाल प्रिमियर लिगमा काठमाडौँ गुर्खाजको तेस्रो जित

    काठमाण्डौ । नेपाल प्रिमियर लिगमा काठमाडौँ गुर्खाजले तेस्रो जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा आज शनिबार पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४‍.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। यो जितसँगै काठमाडौँको प्लेअफको सम्भावना बलियो बनेको छ। पहिलो विकेटको लागि माइकल लेभिड र स्टेफन इस्किनाजीले ५८ रनको सानदार साझेदारी गर्दै सुरुआत गरेका थिए। माइकल १८ बलमा २५ रन बनाएर आउट भए गेरहार्डर इरासमस्ले २५ रनमा अविजित रहे भने कप्तान करण केसी एक रनमा आउट भए।पोखराको लागि बलिङतर्फ विपिन खत्री तीन विकेट लिँदा माइक लिस्पले समान एक विकेट लिए। जितसँगै काठमाडौँ ६ खेलबाट ६ नै भएको छ। पराज

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 399 पटक पढिएको
  • एनपीएल खेलमा आज कसको भिडन्त कोसँग ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदै छ।आजको खेल पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज, चितवन राइनोज र जनकपुर बोल्ट्स बिच हुँदै छ।एनपीएल अन्तर्गत शनिबार बिहान  त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे  पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्। एनपीएल अन्तर्गत शनिबार दिउँसो भने चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुदैछ।जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 729 पटक पढिएको
  • एनपीएल खेलमा आज कसको भिडन्त कोसँग ?

    काठमाण्डौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ। एनपील तालिकामा कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा छ।प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ। एनपीएल

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 500 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.