काठमाण्डौ । राष्ट्रिय एकता अभियान काठमांड़ौले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलपछि भएको हिंसात्मक घटनामा संलग्नलाई कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमांड़ौ मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला संयोजक राजकुमार लामीछानेको नेतृत्वमा गएको टोली ले प्रमुख जिल्ला अधिकरीलाई ज्ञापन पत्र बुझाई दोषीलाई कड़ा कारवाही गर्न मांग गरेको छ।





































