काठमाण्डौ  ।  नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

OM Sai Pathibhara Hospital

एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्।नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज शनिबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजेदेखि सुरु हुने फाइनल खेल हुदैछ। यो बहुप्रतिक्षित खेलपछि एनपीएलको ऐतिहासिक प्रथम संस्करणको विजेताको टुंगो लाग्ने छ ।

खेल सुरु हुनुभन्दा करिब ३६ घण्टा अगाडि नै फाइनल खेलको जनरल टिकट सोल्ड आउट भइसकेको छ । सुदूरपश्चिमको खेलमा अन्य बेलामा पनि उल्लेख्य रूपमा धेरै समर्थकहरूको मैदानमा उपस्थिति हुने गरेको छ । 

फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेख दुवैले हजारौँ दर्शकमाझको यस फाइनल खेलका लागि तयार रहेको बताए । मैदानमा दर्शकको उपस्थितिले ऊर्जा र मोटिभेसन मिल्ने दुवैको साझा धारणा थियो ।

राम्रो तालिम भइरहेको बताउँदै सुदूरका कप्तान दीपेन्द्रले जनकपुरलाई लिग चरणमा दुई पटक हराएको भए पनि हल्का रूपमा लिन नहुने बताए ।जनकपुरका कप्तान आसिफले सुदूरपश्चिम बलियो टोली रहेको बताउँदै पछिल्ला खेलमा आफूहरूले बेस्ट दिन नसकेको उल्लेख गरे । 

पछिल्ला दुई खेलमा व्यहोरेको हारलाई सम्झनुभन्दा पनि आफूहरूले राम्रो क्रिकेट खेल्ने र सकेको बेस्ट प्रदर्शन गर्ने आसिफको भनाइ थियो ।