खेलकुद

    Showing 1,451-1,460 of 1,600 items.
  • ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’का लागि नौ खेलाडी छनोट

    काठमाडाैँ / नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ । पोखरामा एक महिना अघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ ।बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरे । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ ।नेपाल

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 165 पटक पढिएको
  • आईसिसी विश्वकप क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौँ / आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेल

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 194 पटक पढिएको
  • श्रीलङ्काका ब्याट्सम्यान दीलशानले विराटनगरबाट इपिएल खेल्ने

    बिर्तामोड  / श्रीलङ्काका ओपनर ब्याट्सम्यान दिलसान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरबाट खेल्ने भएका छन्।आगामी असोज ९ देखि २३ गतेसम्म टियु मैदानमा हुँन लागेको इपिएलमा दीलशानले विराटनगरबाट खेल्ने भएका हुन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।विराटनगरले शनिबार ३२ वर्षीय दिलशानलाई चौँथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दिलशानले श्रीलंकाबाट १३ टी–ट्वान्टी अन्तराष्ट्रिय र २ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन्।यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका ब

    • प्रकाशित मितिः असोज २, २०७८
    • 195 पटक पढिएको
  • त्रिदिवसीय क्रिकेट : नेपाल ओमनसँग पराजित

     काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो।नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन  बनाए। सोइब खान ७ रनमा आउट हुँ

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 169 पटक पढिएको
  • आईसीसीको एकदिवसीय वरीयतामा नेपालको स्थान सुधार

    काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयता एक स्थान सुधार भएको हो ।एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमा रहेको थियो । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान भ्रमणमा रहेको नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज जितेको थियो  । यस्तै त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सो

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 159 पटक पढिएको
  • आईसीसी विश्वकप लिग –२ : नेपालले आज ओमानसँग खेल्दै

    बिर्तामोड / नेपालले आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेल आज घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।नेपालले लगातार दोस्रो दिनै खेल खेल्दैछ । सोमबार नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । सोमबार अमेरिकासँग ९९ ओभर खेलेको नेपालले धेरै आराम पाएको छैन । ओमान भने पहिलो खेल खेल्दैछ ।ओमानले गतवर्ष नेपाललाई घरेलु मैदानमै दुबै खेलमा पराजित गरेको थियो । टीयू मैदान ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराज

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 183 पटक पढिएको
  • विश्वकप क्रिकेट लिग–२ मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

    काठमाडौँ / आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो । दुई सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि प्लेयर अफ दी म्याच भएका कुशल भुर्तेलले ८४ रनको योगदान दिए । उनले ९३ बलको सामना गर्दै तीन छक्का र तीन चौकासमेत प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले अविजित ६२ रन बनाए । उन

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 336 पटक पढिएको
  • विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

    काठमाडौँ / आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ । नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै ख

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 250 पटक पढिएको
  • क्रिस्टियानो रोनाल्डोको दुई गोलले युनाईटेड बिजयी

    काठमाडौँ / इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डोले डेब्यु खेलमै गोल गरेका हुन् । उनी इटालियन क्लब युभेन्ट्सबाट युनाईटेड आएका हुन् ।तर, ५६ औं मिनेटमा जाभियरले

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 344 पटक पढिएको
  • राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव राणाको निधन

    काठमाडौँ / राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उनको शुक्रबार राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमितरूपमा डायलासिस गर्दै आएका थिए । राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 358 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.