उर्लाबारी / मोरङको लेटाङमा लेटाङ भलिबल क्लबले प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ को आयोजना गर्ने भएको छ । लेटाङ क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी खेलका विषयमा जानकारी गराएको हो। 

उक्त प्रतियोगिता कात्तिक १४ देखि १६ गते सम्म लेटाङ भलिबल क्लबको कोर्टमा हुनेछ । प्रतियोगितामा प्रदेश १ का १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । 

OM Sai Pathibhara Hospital

प्रतियोगिताका विजेतालाई एक लाख एक हजार नगद सहित मेयर कप, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ, भने उपविजेतालाई ५१ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ। 

लेटाङ नगरपालिकाको दुई लाख २५ हजार रुपियाँ आर्थिक सहयोगमा प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्ने भएको छ। प्रतियोगितामा विभिन्न ५ विधामा उत्कृष्ट पुरस्कार दिइने छ। ।