बिर्तामोड / नेपालले एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

बिहीबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ ।

OM Sai Pathibhara Hospital

पहिलो खेलमा बलियो इरानसँग ४–० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध  पहिलो  जित र अङ्कको खोजीमा छ । 

इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाकी दुई खेलमा स्पष्ट जितका लागि खेल्ने बताएका छन् ।

ताजिकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।