बिर्तामोड / पाकिस्तानले आईसीसी टि–२० विश्वकप क्रिकेटमा भारतमाथि ऐतिहासिक जित निकालेको छ । 

दुबईमा गएराति भएको खेलमा टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । 

OM Sai Pathibhara Hospital

पाकिस्तानले भारतलाई विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गरेको हो । 

पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले । रिजवानले ७८ र आजमले ६८ रनको योगदान दिए ।

भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय इनिंस खेलेका थिए । 

कोहलीले ४९ बल खेल्दै ५७ रन बनाएका थिए, त्यस्तै रिशभ पन्तले ३० बलमा ३९ रन बनाउँदा रवीन्द्र जडेजाले १३ बलमा १३ रन नै बनाएका थिए ।

सुरुदेखि नै दबाबमा राखेको भारतका ब्याट्सम्यानलाई चल्न नदिन शाहीन अफ्रीदीले तीन विकेट लिए । हसन अलीले दुई विकेट लिँदा शदाब खान र ह्यारिस रौफले एक एक विकेट लिएका थिए ।