बिर्तामोड / झापाको भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार विजय युथ हेटौडालाई ५–१ गोल अन्तरले हराउँदै झापाले सुखद सुरुआत गरेको हो ।

OM Sai Pathibhara Hospital

झापाको जितमा नरेन्द्र मणि लिम्बुले ४ गोल र श्याम कुमार गोलेले एक गोल गरेका थिए । त्यस्तै हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काए ।

यस जितसँगै समूह ई को झापाले ३ अङ्क जोडेको छ । हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराएको थियो । हेटौडाले २ खेलमा ३ अङ्क जोडेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्। त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।