बिर्तामोड / उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा कन्काई नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले पराजित गर्दै कन्काईले दोस्रो जित निकालेको हो ।

OM Sai Pathibhara Hospital

सो खेलमा कुसुम खतिवडाले आठ गोल गरेकी छिन् । त्यस्तै दिपा शाहीले ५, सिमरन राई र ममता राउतले २–२, लक्ष्मी श्रेष्ठ र ईमा राईले १–१ गोल गरे । 

यस अघि पहिलो खेलमा कन्काईले गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागत तर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार पाउने छन् ।