बिर्तामोड / आईसीसी टि–२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह बी को पहिलो खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । 

विश्वकै प्रतिष्ठित र प्रतिक्षा गरिएको यस खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरइनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ । 

OM Sai Pathibhara Hospital

आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानले सन् २०१२–१३ पछि दुईपक्षीय सिरिज खेलेका छैनन् । २०१३ पछि यी दुई देशले आइसिसीका प्रमुख प्रतियोगिता मात्र खेल्दै आएका छन् । 

तर टि–२० क्रिकेटमा पाकिस्तानको प्रदर्शन भारतको भन्दा कम छैन । भारतले कुनैपनि विश्वकपमा पाकिस्तानसँग हारेको इतिहास छैन ।

भारत त्यस इतिहासलाई निरन्तरता दिन चाहन्छ । पाँच टि–२० विश्वकप र ७ एकदिवसीय विश्वकपमा गरि कुल १२ खेलनै जितेको छ ।

तर युवा खेलाडीको बाहुल्यता भएको पाकिस्तान विश्वकपमा भारतविरुद्ध जितको खडेरी तोड्दै इतिहास रच्न चाहन्छ ।

सन् २००९ मा श्रीलंका खेलाडी चडेको बसमा कराँचीमा बम आक्रमण भएपछि पाकिस्तानले युएईलाई आफ्नो घरेलु मैदान बनाउँदै आएको छ ।