खेलकुद

    Showing 1,121-1,130 of 1,219 items.
  • टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमै

    बिर्तामोड / विश्व खेलकुदको कुम्भमेला ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक –२०२०) को छैटौँ दिनको खेल सकिदाँ चीन पदक तालिकाको शीर्षस्थानमा कायम छ ।सुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेको थियो । चीनले बिहीबार ५ स्वर्ण जित्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ । १५ स्वर्ण जितेर जापान पदक तालिकामा दोस्रो स्थानमा छ । चीनले बिहीबारसम्म १७ स्वर्ण, ८ रजत र ११ कास्य गरी कुल ३६ पदक जितेको छ ।जापानले १५ स्वर्ण, ४ रजत र ७ कास्यसहित २६ पदक जितेको छ । १४ स्वर्ण, १६ रजत र ११ कास्य गरी कुल ४१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ । रसियन ख

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 217 पटक पढिएको
  • टोकियो ओलम्पिक :प्रारम्भिक चरणबाटै बाहिरिन नेपाली खेलाडी चौधरी

    काठमाडौ / जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत एथ्लेटिक्स खेलमा नेपाली खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बहिरिएकी छिन् । महिलाको १०० मिटर दौडमा प्रतिस्पर्धामा प्रारम्भिक चरणबाटै बाहिरिएकी उनले निर्धारित दूरी १२ः९१ सेकेण्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौँ स्थानमा रहिन् । यस हिटमा नौ खेलाडीले सहभागिता जनाएका थिए । सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्न सकिनन् । यस प्रतिस्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ । यस्तै यस प्रतिस्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान कायम भएकोे छ । सन् १९९९ को सा

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 113 पटक पढिएको
  • टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

    काठमाडौँ / जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।  अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई र

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 179 पटक पढिएको
  • गौरिकाले तोडिन आफ्नै कीर्तिमान

    बिर्तामोड / नेपालकी पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै कीर्तिमान तोडेकी छिन् । जापानमा जारी ३२ औँ ओलम्पिकमा गौरिकाले आफ्नै कीर्तिमान तोडेकी हुन् । एक्युटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।  हिट चरणमा गौरिकाले १ः०० बजेर ११ सेकेन्डमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।यसअघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 273 पटक पढिएको
  • वेष्टइन्डिज विरुद्धको ओडिआई सिरिज अष्ट्रेलियाले जित्यो

    काठमाडौँ / वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले  २-१ ले जितेको छ । अष्ट्रेलियाले तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको अष्ट्रेलियाले दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो । ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अर्धशतक प्रहार गरे । उनले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५१ रन बनाए । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 439 पटक पढिएको
  • सागका विजेता खेलाडी नगदसहित सम्मानित

    काठमाडौँ / नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् ।नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ  पदकधारी तथा खेलाडी सम्मानित भएको हो । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्रीले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जितेका थिए ।महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेका थिए । त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 113 पटक पढिएको
  • टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा

    काठमाडौँ / जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ । यसैगरी इटाली, अस्टे«लिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया,

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 269 पटक पढिएको
  • राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकद्धारा राजीनामाको घोषणा

    झापा /सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अलमुताइरीले राजीनामा दिने बताएका हुन् ।साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिनुपर्ने कारण अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको बताएका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन् ।कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हा

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 179 पटक पढिएको
  • टोकियो ओलम्पिकः आयोजक राष्ट्र शीर्ष स्थानमा

    एजेन्सी / जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक –२०२०) मा आयोजक राष्ट्र तालिकाको शीर्ष स्थानमा रहेको छ ।जापानले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक रजतसहित चार पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । जापानलाई पछ्याउँदै चीन दोस्रो स्थानमा पुगेको छ । चीनले तीन स्वर्ण र दुई कांस्य पदक हात पार्दै दोस्रो स्थानमा सुरक्षित छ ।यसैगरी संयुक्त अधिराज्य अमेरिका एक स्वर्ण, दुई रजत र चार कांस्य पदक सुरक्षित गर्न सफल भएको छ । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइल्यान्ड, अष्ट्रेलिया, रुस, कोरिया समान १–१ स्वर्ण पदक जितेका छन् । यस्तै सर्विया, बेल्जियम

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 111 पटक पढिएको
  • टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

    काठमाडौँ / जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएका छन् ।केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरेका छन् । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेका छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोरेका छन् । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकेका छन् । उनि वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएका हुन् । भट्टले

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा