काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दावा लामा पाएका छन् । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ कतारमा मंसिर ४ गतेदेखि सुरु हुने कतार विश्वकपको उद्घाटन समारोहमा सहभागी हुने भएपछि उपाध्यक्ष लामाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अध्यक्ष नेम्वाङ विश्वकपका लागि आज (शुक्रबार) कतार प्रस्थान गर्दैछन् । लामाले तीन दिनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । अध्यक्ष नेम्वाङ ६ गते नेपाल फर्किनेछन् ।  विश्वकपको २२ औँ संस्करण कतारमा मंसिर ४ गतेदेखि पुस ४ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा मंसिर ४ गते आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । 315523962_681915409952396_67834628721226140_n1668770392.jpg