काठमाडौं / फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रङ्गशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार रङ्गशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो । कतारमा विश्वकप सुरु हुन दुई दिनअघि मात्रै फिफाले प्रतियोगिताका ६४ खेल आयोजना गर्ने आठ स्टेडियममा मदिरा बिक्री नहुने बताएको थियो ।

आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफल पछि, कतारको फिफा विश्वकप २०२२ स्टेडियम परिधिबाट बियरको बिक्री हटाउँदै फिफा फ्यान फेस्टिवल, अन्य फ्यान गन्तव्यहरू र इजाजतपत्र प्राप्त स्थानहरूमा मादक पेय पदार्थको बिक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ।’ फिफाको विज्ञप्तिमा भनिएको छ ।

OM Sai Pathibhara Hospital

सेप्टेम्बरमा कतारले किकअफको तीन घण्टा अगाडि र अन्तिम सीटी बजेको एक घण्टा पछि सुरु हुने विश्वकप फुटबल खेलहरूमा टिकट प्राप्त प्रशंसकहरूलाई अल्कोहल बियर किन्न अनुमति दिने बताएको थियो, तर खेलको समयमा होइन । फिफा विश्वकप  भोलिदेखि सुरु हुँदैछ ।