झापा / नेपाल टि –२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । 

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण यही मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने भएको छ । डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ वटा खेलहरू हुने भएका छन् । 

OM Sai Pathibhara Hospital

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोरखाजबीच प्रतिस्पर्धा हुने भएको छ । लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुने भएको छ ।

प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं गोरखाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।