एजेन्सी / क्रिस्टियानो रोनाल्डोले पोर्चुगलले विश्वकप जितेमा आफूले तुरुन्तै सन्यास लिने बताएका छन् । चर्चित पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले आफु थप २/३ बर्ष खेल्न चाहेपनि पोर्चुगलले विश्वकप जितेमा आफूले तुरुन्तै सन्यास लिने बताएका हुन् । रोनाल्डोले विश्वकपमा फ्रान्स, अर्जेन्टिना, जर्मनी, ब्राजिल बलियो टिम रहेको पनि बताएका छन् । उनले आफू ४० वर्षको हुदासम्म खेल्न चाहेको बताउँदै विश्वकप भने सम्भवत आफ्नो यो नै अन्तिम हुनसक्ने बताएका छन् । 

रोनाल्डोले अब अर्को विश्वकप खेल्न धेरै कठिन हुने बताउँदै आफू थप २/३ वर्ष खेल्न चाहेको बताए । रोनाल्डोले अन्तर्वार्तामा बोलेको विषय अहिले चर्चाको विषय बनेको छ ।  उनले म्यानचेस्टर युनाइटेडको व्यवस्थापन र प्रशिक्षक एरिक टेन ह्यागको पनि आलोचना गरेका छन् । साथै युनाइटेडमा निरन्तरता नभएमा आफु नयाँ चुनौतीको लागि पनि तयार रहेको भन्दै रोनाल्डोले आफुले अझै पनि गोल गर्न र टिमलाई जिताउन सक्ने क्षमता रहेको बताएका छन् ।  

OM Sai Pathibhara Hospital