काठमाडौं / नेपालले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २-१ ले जितेको हो ।

यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र असिफ शेखले अर्धशतकीय पारी खेले । ७३ बल खेलेका ज्ञानेन्द्रले ६४ रन बनाए । त्यस्तै ११९ बल खेलेका आसिफले ८८ रन बनाए ।