काठमाडौं / नेपाल–यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईमाथि ३ विकेटको जित निकालेको हो।

योसँगै नेपाल र यूएईबीचको तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ। पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेसँग तेस्रो खेलमा सिरिजको विजेताको टुंगो लाग्ने छ। सिरिजको निर्णायक खेल शुक्रवार हुनेछ।