खेलकुद

    Showing 1,071-1,080 of 1,600 items.
  • क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाड्ने , सम्झौता रद्द

    एजेन्सी / क्रिस्टियानो रोनाल्डोले अन्ततः प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ । पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने उनको व्यवहारले उनी विवादमा समेत तानिएका थिए ।रोनाल्डोले केही समयअघि एक अन्तर्वार्तामा युनाइटेडले आफूलाई घात गरेको भन्दै क्लबको विपक्षमा बोलेका थिए । रोनाल्डो हाल कतारमा विश्वकप खेल्न पोर्चुगलको टिमसँगै कतारमा छन् । युनाइटेडले रोनाल्डोलाई दुई स्पेसल ओल्ड ट्राफोर्डम

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 205 पटक पढिएको
  • फिफा विश्वकपको उद्घाटन खेलमा इक्वेडरसँग आयोजक कतार पराजित

    एजेन्सी / आयोजक कतार विश्वकप फुटबलको उद्घाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे ।कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए । अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 262 पटक पढिएको
  • अन्तिमपटक विश्वकप खेल्दै यी खेलाडीहरू (भिडियोरिर्पोट)

    एजेन्सी / फिफा विश्वकप २०२२ ले यतिबेला विश्वकै ध्यान खिचिरहेको छ । विश्वकप फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता भएकै कारण पनि सबैको चासोको विषय बनेको हो । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि सहभागी टोलीहरू कतार पुगेर तयारी गरिरहेका छन्।  कतार विश्वकपमा यसपटक धेरै नयाँ खेलाडीले डेब्यु गर्दै छन्। केही खेलाडीका लागि भने कतार विश्वकप अन्तिम हुन सक्छ। सन् २०२६ मा मेक्सिको, अमेरिका र क्यानडामा हुने विश्वकपमा यसपटकका चर्चित अनुहार देख्न पाइनेछैन।पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 389 पटक पढिएको
  • टि–२० लिग : खेल तालिका सार्वजनिक

    झापा / नेपाल टि –२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण यही मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने भएको छ । डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ वटा खेलहरू हुने भएका छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोरखाजबीच प्रतिस्पर्धा हुने भएको छ । लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुने भएको छ ।प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं गोरखाज, प

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 191 पटक पढिएको
  • फिफा विश्वकप : रङ्गशाला वरपर मदिरा बिक्री वितरणमा रोक

    काठमाडौं / फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रङ्गशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार रङ्गशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो । कतारमा विश्वकप सुरु हुन दुई दिनअघि मात्रै फिफाले प्रतियोगिताका ६४ खेल आयोजना गर्ने आठ स्टेडियममा मदिरा बिक्री नहुने बताएको थियो ।आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफल पछि, कतारको फिफा विश्वकप २०२२ स्टेडियम परिधिबाट बियरको बिक्री हटाउँदै फिफा फ्यान फेस्टिवल, अन्य फ्यान गन्तव्यहरू र इजाजतपत्र प्राप्त स्थानहरूमा मादक पेय पदार्थको बिक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ।’ फिफाको विज्ञप्तिमा भनिएको छ ।सेप्टेम्बरमा

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 170 पटक पढिएको
  • एन्फाको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष लामालाई

    काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दावा लामा पाएका छन् । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ कतारमा मंसिर ४ गतेदेखि सुरु हुने कतार विश्वकपको उद्घाटन समारोहमा सहभागी हुने भएपछि उपाध्यक्ष लामाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।अध्यक्ष नेम्वाङ विश्वकपका लागि आज (शुक्रबार) कतार प्रस्थान गर्दैछन् । लामाले तीन दिनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । अध्यक्ष नेम्वाङ ६ गते नेपाल फर्किनेछन् ।  विश्वकपको २२ औँ संस्करण कतारमा मंसिर ४ गतेदेखि पुस ४ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा मंसिर ४ गते आयोजक कतार र इक्वेड

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 217 पटक पढिएको
  • एकदिवसीय सिरिजमा यूएईविरुद्ध नेपालको जित

    काठमाडौं / नेपालले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २-१ ले जितेको हो ।यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र असिफ शेखले अर्धशतकीय पारी खेले । ७३ बल खेलेका ज्ञानेन्द्रले ६४ रन बनाए । त्यस्तै ११९ बल खेलेका आसिफले ८८ रन बनाए ।

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 174 पटक पढिएको
  • पोर्चुगलले विश्वकप जिते सन्यास लिने रोनाल्डोको घोषणा

    एजेन्सी / क्रिस्टियानो रोनाल्डोले पोर्चुगलले विश्वकप जितेमा आफूले तुरुन्तै सन्यास लिने बताएका छन् । चर्चित पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले आफु थप २/३ बर्ष खेल्न चाहेपनि पोर्चुगलले विश्वकप जितेमा आफूले तुरुन्तै सन्यास लिने बताएका हुन् । रोनाल्डोले विश्वकपमा फ्रान्स, अर्जेन्टिना, जर्मनी, ब्राजिल बलियो टिम रहेको पनि बताएका छन् । उनले आफू ४० वर्षको हुदासम्म खेल्न चाहेको बताउँदै विश्वकप भने सम्भवत आफ्नो यो नै अन्तिम हुनसक्ने बताएका छन् ।  रोनाल्डोले अब अर्को विश्वकप खेल्न धेरै कठिन हुने बताउँदै आफू थप २/३ वर्ष खेल्न चाहेको बताए । रोनाल्डोले अन्तर्वार्तामा बोलेको विषय अ

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 186 पटक पढिएको
  • स्पेनसँग जोर्डन ३–१ ले पराजित

    एजेन्सी / कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ ।स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक गोल फर्काएका थिए ।खेलको १३ औं मिनेटमा फातीले अग्रता दिलाए । ५६ औं मिनेटमा गावीले दोस्रो गोल गरेका थिए । निकोले खेलको ८४ औं मिनेटमा गोल गर्दा स्पेन सहज जित निकाल्न सफल भयो । समूह इ मा स्पेन सहित कोस्टारिका, जर्मनी र जापान रहेका छन् । स्पेनले २२ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकप सुरु गर्न

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.