झापा - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झा टिममा उपलब्ध नहुने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का एक अधिकारीले बताएअनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरुले यूएई भ्रमण गुमाउने भएका हुन् ।

OM Sai Pathibhara Hospital

सन्दीपलाई अदालतले नेपाल बाहिर जान रोक लगाएको छ । गुल्सन यू–१९ का कप्तान हुन् र टिम बन्द प्रशिक्षणमा छ । यसैकारण यी दुई यूएई भ्रमणमा उपलब्ध हुने छैनन्,” क्यानका एक पदाधिकारीले भने ।

यूएईमा लिग–२ अन्तर्गतको शृंखलामा नेपालसँगै घरेलु टिम यूएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । नेपालले फेब्रुअरी २७ मा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ ।