झापा- तेह्रथुमको छथर सुक्रबारेमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस २०७९ को अवसरमा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि फागन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो। सोही प्रतियोगितामा जिल्लाको ६ वटै पालिकाका खेलाडीहरुको सहभागिता रहने पनि उहाँले बताउनुभयो ।

OM Sai Pathibhara Hospital

जिल्ला खेलकुद विकास समिति तेह्रथुमको आयोजना तथा छथर गाउँपालिकाको व्यवस्थापनमा प्रतियोगिता हुने भएको अध्यक्ष लिम्बुले बताउनुभयो । प्रतियोगिताको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री राजेन्द्र राईले गर्नुहुने भएको छ ।

प्रतियोगितालाई भव्य(व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि कार्यपालिका, पालिका र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक तथा निर्देशक समितिलाई जिम्मेवारीलाई कार्यन्वयन गर्न अध्यक्ष लिम्बुले अनुरोध समेत गर्नुभएको छ । प्रतियोगितालाई बृहत रुपमा सम्पन्न गर्न बजार क्षेत्रलाई व्यवस्थापनको तयारी सुरु गरिएको छ । सोही प्रतियोगितामा ३ सय बढी खेलाडीहरुको सभागिता रहने भएको छ ।