भद्रपुर- प्रथम भद्रपुर झापा गोल्डकपमा आज  विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ ।  उद्घाटन  खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे ।

पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । विजयी भएको आयोजक भद्रपुर ब्लेजर्सले अब क्वाटर फाइनलमा मंगलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ ।

OM Sai Pathibhara Hospital