खेलकुद

    Showing 1,041-1,050 of 1,313 items.
  • उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

    काठमाडौँ / आर्सनललाई हराउँदै लिभरपुल लिगकप फुटबलको फाइनलमा पुगेको छ ।बिहीवार राति भएको दोस्रो लेगमा आर्सनललाई २-० गोल अन्तरमा हराउँदै लिभरपुल ६ वर्षपछि उपाधि नजिक पुगेको हो । लिभरपुलको जितमा डियगो जोटाले दुबै गोल गरे । मोहमद सलाह र सडियो माने बिनै मैदान उत्रिएको लिभरपुलले अब उपाधिका लागि चेल्सीको सामना गर्नेछ ।खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । पहिलो हाफसम्म १- ० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै फाइनल यात्रा निश्चित गरेको हो ।जोटालेनै दोस्रो हाफको ७७ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।यो सँगै सन् २०१६ को फाइनलमा

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 124 पटक पढिएको
  • ट्वान्टी –२० विश्वकप छनोट : १६ खेलाडीको नाम सार्वजनिक

    काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी ट्वान्टी –२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।क्यानले सार्वजनिक गरेको खेलाडीको सूचीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम परेका छन् । यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।  य

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 210 पटक पढिएको
  • एपीएफलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि

    काठमाडौं / प्रधानमन्त्री कप टिट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपीएफले जितेको छ ।किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जितसँगै एपीएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त गर्यो ।एपीएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपीएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 138 पटक पढिएको
  • मोरक्को समूह विजेता, चार पटकको विजेता घाना बाहिरियो

    काठमाडौँ / कामोरोससँग ३- २ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो । कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो । समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अङ्कसहित समूह विजेता बन्दा समान खेलमा पाँच अङ्क बटुलेको गाबोन उपविजेताका रूपको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अङ्कसहित चौथो स्थानमा रह्यो ।समूह ‘स

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 158 पटक पढिएको
  • प्रिन्स पिनाकल कलेजबाट सम्मानित

    बिर्तामोड /  जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ ।प्रिन्स सो कलेजमा ११ कक्षामा अध्ययनरत छन् ।मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघका अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।कलेजले प्रिन्सको अध्ययनका आवश्यक सम्पूर्ण खर्चमा छात्रवृत्ति दिने निर्णय गरेको प्रिन्सिपल तिवारीले कार्यक्रममा जानकारी दिए । राष्ट्रको गौरवका रुपमा रहेका प्रिन्सलाई उच्चशिक्षाको अवसर पाएकोमा कृतज्ञता व्य

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 110 पटक पढिएको
  • कोरोना महामारीबीच आहारारा गोल्डकपको अन्तिम तयारी

    पोखरा  / कोरोना महामारीका कारण सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्दै जाँदा पोखरामा राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब फुटबल प्रतियोगिता हुँदैछ । सहारा क्लब पोखराले बर्सेनि आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औँ संस्करण माघ ६ देखि १५ गते सम्म पोखरा रङ्गशालामा हुन लागेको हो । कोरोना महामारीले पूर्व निर्धारित मेला, महोत्सव धमाधम स्थगित हुँदै जाँदा आयोजक सहारा क्लब पोखराले जसरी पनि प्रतियोगिता गर्न आफूहरू अन्तिम तयारीमा रहेको जनाएको छ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक केशवराज बरालले भने , –‘रंगशालामा दर्शकको उपस्थिति न्यून हुने सम्भावना भए पनि प्रतियोगिता रोक्

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 126 पटक पढिएको
  • मेसीलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

    काठमाडौँ /  बायर्न म्युनिख र पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जित्दा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई विशेष सम्मान दिइएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक गोल गरेकोमा रोनाल्डोलाई विशेष सम्मान गरिएको हो ।३३ वर्षका पोल्यान्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए ।उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए । लेवान्डोस्कीले लिभरपु

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 125 पटक पढिएको
  • फुटबल विकासका लागि एन्फा र साफबीच सम्झौता

    काठमाडौं / अखिल नेपाल फुटबल संघ एन्फा र साउदी अरेबियन फुटबल फेडेरेसन साफ बीच फुटबलको विभिन्न पक्षको विकासका लागि सम्झौता भएको छ ।एन्फा र साफबीच दुई वर्षको सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले हस्ताक्षर गर्दै आदानप्रदान गरेका छन । सम्झौता साउदी अरबमै भएको हो । एन्फा अध्यक्ष शेर्पा एक सातादेखि साउदीको भ्रमणमा रहेका छन् ।सम्झौता अनुसार दुबै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आतिथ्यता प्रदान गर्नेछ । दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, उमेर समूह यू–१७, यू–२० र यू–२३ को प्रशिक्षणका सहयोग आदानप्रदान हुनेछ ।यस्तै रेफ्री बिक

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 103 पटक पढिएको
  • ए डिभिजन लिग फुटबलमा आज एनआरटी र जावलाखेल भिड्दै

    काठमाडौँ / शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणको खेलमा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । ८ खेलमा १० अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा रहेको छ । आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ । ८ खेलमा ८ अंक जोडेको जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 160 पटक पढिएको
  • च्यासलका १९ खेलाडीलाई कोरोना देखिएपछि पुलिससँगको खेल स्थगित

    काठमाडाैँ / खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । आइतबार स्थगित भएको खेल अब एन्फाले १० औँ राउन्डपछि खेलाउने भएको छ। एन्फाले नवौँ राउन्डका खेल सकेपछि लिगलाई करिब एक महिनाका लागि विश्राम दिने तयारी छ।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 219 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा