झापा- संखुवासभाको मादीमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। मादी नगरपालिकाको आयोजनामा ‘पृथक पहिचान मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ फागुन २८ गतेदेखि ३० गतेसम्म राष्ट्रव्यापी खुला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ।

बुधबार आयोजक मादी नगरपालिकाले खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताबारे जानकारी दिएको हो। पुरुष युगल, महिला युगल र भेट्रान्स युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने मादी नगरपालिका नगरप्रमुख जीवन लिङ्थेपले जानकारी दिए।

OM Sai Pathibhara Hospital

खेलकुदको माध्यमबाट विकृति विसंगति हटाउँदै खेल क्षेत्रबाट मादी नगरपालिकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ।

पुरुष युगल ब्याडमिन्टनतर्फ प्रथम टिमले नगद ७५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो टिमले नगद ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले नगद १५÷१५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

महिला युगलतर्फ नगद ४५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो टिमले नगद ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले नगद १०/१० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

त्यसैगरी खुला भेट्रान्स युगल ब्याडमिन्टनतर्फ नगद ४० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो टिमले नगद २५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले नगद ८ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक लक्ष्मण लिङ्थेपले बताए।