काठमाडौं : इंग्लिस प्रिमियर लिग क्लब चेल्सी युएफा च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।  डर्टमुन्डमाथि समग्रमा २–१ गोलको पुनरागमन जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो। ​

च्याम्पियन्स लिगअन्तगर्त अन्तिम १६ को दोस्रो लेगमा स्टाम्फर्ड ब्रिजमा भएको खेलको पहिलो हाफमा चेल्सी १–० ले अघि रहेको थियो।

OM Sai Pathibhara Hospital

खेलको  ४३ मिनेटमा रहिम स्टर्लिङले गोल गरे। दोस्रो हाफमा पनि चेल्सीले अर्को गोल थप्यो। ५३ औँ मिनेटमा काइ हाभेट्रजले गोल गरेका हुन्।

बेन चिलवेलको क्रसलाई रोक्न खोज्दामा बक्समा मारियस उल्फले ह्याण्डबल गरेपछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो। हाभेर्टजले गरेको पहिलो प्रहार बिफल भएको थियो। रि टेक पेनाल्टीमा उनले कुनै गल्ती गरेनन्।

बुन्डेश लिगा क्लब डर्टमुन्डले आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा १–० गोलको अग्रता बनाएको थियो। तर यो अग्रतालाई उसले कायमै राख्न सकेन।
गएराति नै भएको अर्को खेलमा  अर्को खेलमा पोर्चुगिज कलब बेन्फिाकाले दोस्रो लेगको खेलमा बेल्जियमको क्लब ब्रुग्समाथि ५–१ को फराकिलो जित निकाल्यो।

उसले पहिलो लेगमा प्राप्त २–० को अग्रतालाई मिलाएर समग्रमा ७–१ को नतिजा सहित अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ।