काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई ९५ रनमा समेटेको छ।  सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अल आउट गरेको हो।

पिएनलाई सस्तैमा समेट्न स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिएका छन्। साथै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट र सोमपाल कामीले १ विकेट लिएका छन्।