काठमाडौं - सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज हुने तीन खेलहरू हेर्नका लागि महिलाले निःशुल्क प्रवेश पाउने भएका छन् । प्रत्येक वर्ष मार्च आठमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आजका लागि लिगका खेलहरू हेर्न महिलालाई निःशुल्क प्रवेश दिइएको हो । लिगको आर्थिक स्वामित्व लिएको एमडीएसी स्पोर्ट्सले आजका खेलहरु हेर्न महिलालाई साधारण प्यारापिटतर्फ प्रवेश निःशुल्क गरिएको जनाएको हो ।

लिगमा आज च्यासल र दशरथ गरी दुई रंगशालामा तीन खेलहरु हुँदैछन् । आज दिउँसो २ः३० बजे च्यासलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ ५ः३० बजे मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।