काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले युएई सामु २४९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २४८ रनमा समेटियो। नेपालका लागी कप्तान रोहित पौड्यालले सर्बाधिक ७७ रनको योगदान गरे।आरिफ शेखले ४३ तथा गुल्सन झाले ३७ रन जोडे।

दीपेन्द्र सिं ऐरीले ३४ रनको योगदान गर्दा भिम सार्कीले २९ रन जोडे। कुशल भुर्तेल ८ रनमा आउट हुँदा आशिफ शेखले खातानै खोल्न सकेनन्।कुनै समय २२ रन जोड्दा तीन विकेट गुमाईसकेको नेपालको ध्वीत ईनिङ भीम सार्की र रोहित पौड्यालले उकासेका थिए। दुबै जनाले ५४ रनको साझेदारी गर्दै नेपाललाई राहत दिएका थिए।बलिङतर्फ युएईका जवार फरिद,रोहन मुस्ताफा ,जहुर खान र आयन अफजल खानले समान÷दुई दुई विकेट लिए।

OM Sai Pathibhara Hospital

आजको खेल दुवै टोलीका लागि एक दिवसीय मान्यता जोगाउनका महत्वपूर्ण छ। ५ वर्षअघि एक दिवसीय मान्यता पाएको नेपाल आजको खेल जिते अमेरिकालाई उछिन्दै मान्यता जोगाउन सफल हुनेछ। लिगमा बाँकी ३ वटै खेल जिते नेपालले एक दिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउने छ भने जित्न नसकेको अवस्थामा क्वालिफायर खेल्नुपर्नेछ। घरेलु मैदानमै भएको अघिल्लो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो। युएई भ्रमणमा तीन जित निकालेको थियो। नेपाल पछिल्ला ९ खेलमध्ये ८ मा जित निकाल्न सफल भएको छ।

हाल अंक तालिकामा नेपालले ३३ खेलमा ३४ अंक बनाएको छ। समान ३३ खेल खेलेको युएईको ३१ अंक छ। नेपाल पाचौं स्थानमा उक्लिदा युएई छैटौं स्थानमा झरेको छ। सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ।