खेलकुद

    Showing 1-10 of 1,629 items.
  • सन्दीपको कमब्याकसँगै नेपाली क्रिकेटमा नयाँ समीकरण

    काठमाडौं । नेपाली क्रिकेटमा फेरि ठूलो परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय टोलीको कप्तानी सन्दीप लामिछानेलाई सुम्पिएसँगै राष्ट्रिय टोलीको संरचनामै व्यापक फेरबदल गरेको छ । करिब चार वर्षपछि सन्दीप कप्तानका रूपमा फर्किएका हुन् ।यसअघि कप्तानी सम्हालिरहेका रोहित पौडेल कप्तानीबाट हटे पनि टोलीमै छन् । क्यानले रोहितको नेतृत्वमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै उनलाई ‘एकपटकको नेता, सधैंको नेता’ भन्दै धन्यवाद दिएको छ ।कप्तानी परिवर्तनसँगै टोलीमा केही ठूला नाम पनि बाहिरिएका छन् । कुशल भुर्तेल र सोमपाल कामी प्रिमियर कपको टोलीमा अटाएका छैनन् । आरिफ शेख र भीम सार्की पनि टोलीबाट

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 114 पटक पढिएको
  • तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

    काठमाडौं / चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् ।उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् । लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पारे । सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे ।टोली प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 106 पटक पढिएको
  • दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

    काठमाडौं / नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाड दशैं र तिहारको बीचमा आयोजना हुने भएको छ । यसअघि तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने चाडपर्वको मौसममै आयोजना गर्न लागिएको हो ।एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै प्रतियोगिताको तयारीसमेत अघि बढ्ने भएको छ । प्रतियोगितामा सहभागी टोली, खेलाडी छनोट, खेल

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 140 पटक पढिएको
  • दशैँ–तिहारको बीचमा एनपीएलको ‘क्रिकेट धमाका’, कात्तिक ९ देखि तेस्रो संस्करण

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण यसपटक दशैँ र तिहारको बीचमा क्रिकेटको माहोल तताउँदै आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएल २०२६ आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन गर्ने मिति तय गरेको हो ।क्यानका सचिव पारस खड्काले शनिबार जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेका हुन् । यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आए पनि यसपटक क्यानले अक्टोबर २६ देखि नोभेम्बर २१ सम्मको समय रोजेको छ ।प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक हुन बाँकी छ । क्यान स्रोतका अनुसार तिहारका दुई दिनबाहेक अन्य दिन नियमित खेल सञ्चालन गर्ने तया

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 80 पटक पढिएको
  • ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

    काठमाडौं । नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एशियाकै पहिलो र एकमात्र ओलम्पिक संग्रहालयका रूपमा स्थापित नेपाल ओलम्पिक म्यूजियमले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा नेपालकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ ।‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ शीर्षकको प्रदर्शनी साउन १९ देखि २१ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलमा जानकारी दिइएको हो ।संग्रहालयले आफ्ना दिवंगत संस्थापक वरिष्ठ खेलकुद पत्रकार स्वर्गीय क्षितिज अरुण श्रेष्ठ तथा दक्षिण एशियाली खेलकुद (साग) की तेक्वान्दो पदक विजेता स्वर्गीय मञ्जु तुला

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 285 पटक पढिएको
  • लिग–२ खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सम्पन्न एकदिवसीय (ओडीआई) त्रिदेशीय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार साँझ स्वदेश फर्किएको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।नेदरल्यान्ड्समा भएको शृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको यस शृङ्खलामा नेपालले अपेक्षाअनुसार नतिजा निकाल्न नसके पनि टोलीले केही सकारात्मक प्रदर्शनसमेत गरेको थियो।शृङ्खलापछि नेपाली टोली अब आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा केन्द्र

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 461 पटक पढिएको
  • नेदरल्यान्डससँग नेपाल पराजित

    काठमाडौँ। आइसिसी पुरुष  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न  खेलमा नेपाल नेदरल्यान्डसँग पराजित  भएको छ ।नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई  ५७ रनले पराजित गर्दै जित  हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो । नेपालका लागि  आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक  अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो ।  नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 241 पटक पढिएको
  • टसअघि नै वर्षाको इन्ट्री, नेपाल–नामिबिया खेल रोकियो

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा सोमबार हुने तय भएको नेपाल–नामिबिया एकदिवसीय खेल वर्षाका कारण प्रभावित बनेको छ। निर्धारित समयमै सुरु हुनुपर्ने खेलमा लगातार पानी परेपछि टससमेत हुन सकेन, जसले मैदानभन्दा बढी मौसमले खेलको चर्चा तान्यो।लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रने तयारीमा थियो। तर उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा परेको वर्षाले खेल तालिका नै प्रभावित बनायो। आयोजकले मैदान निरीक्षण गरिरहे पनि टस ढिलो हुँदा खेलको सुरुवात अनिश्चित बनेको छ।नेपाल यसअघि नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग पराजित भइस

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 72 पटक पढिएको
  • काभामा नेपालको लगातार पाँचौँ हार

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको निराशाजनक यात्रा जारी रहेको छ। सोमबार पाकिस्तानको इस्लामावादमा भएको खेलमा उज्वेकिस्तानसँग ३–० सेटले पराजित हुँदै नेपालले प्रतियोगितामा लगातार पाँचौँ हार बेहोरेको हो।नेपालले पहिलो र तेस्रो सेटमा कडा चुनौती दिए पनि निर्णायक क्षणमा खेल आफ्नो पक्षमा पार्न सकेन। खेल २४–२६, २०–२५ र २२–२५ को सेटमा गुमाउँदै नेपालले लिग चरणको अन्तिम खेल पनि हारसँग टुंग्यायो।लिग चरणका पाँच खेलबाट केवल तीन अंक जोडेको नेपाल तालिकाको पुछारमा सीमित भएको छ। अब नेपालले उपाधिको दौडबाट बाहिरिँदै वरीयता निर्धारण (प्लेअफ) खेल खेल्नेछ। यसअघि नेपाल

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 164 पटक पढिएको
  • मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ: शिक्षामन्त्री पोखरेल

    जनकपुर / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् ।सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए । उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए ।मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 631 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.