धर्म/संस्कृति

    Showing 931-940 of 977 items.
  • वैष्णो देवी मन्दिरमा भागदौड हुँदा १२ को मृत्यु, २० घाइते

    झापा / भारतस्थित जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । त्रिकुटा पहाडस्थित मन्दिरको गर्भगृहको बाहिर भएको उक्त घटनामा परी ३० जना घाइते भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । नयाँ वर्षका दिन भक्तजनबीच विवादका हुँदा मानिसहरूले एकले अर्कालाई धक्का दिन थालेपछि भागदौड भएको थियो । ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिस रहेका छन् ।

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 129 पटक पढिएको
  • हनुमानढोका क्षेत्रभित्रको शिलालेख तोडफोड

    काठमाडौँ  / हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड भएको छ । अज्ञात समूहले बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरू संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले जानकारी दिए ।अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइसकिएको हेरचाह अड्डाले जनाएको छ । हेरचाह अड्डाले सो अभिलेखको टुक्रालाई

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 129 पटक पढिएको
  • धार्मिक कार्यक्रममा प्रसाईँको राजनीतिक प्रवचन

    बिर्तामोड / प्रस्तावित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले धार्मिक कार्यक्रममा धर्मको भन्दा बेसी राजनीतिका विषयमा चर्चा गरेका छन । राजनीतिक दलका नेताले राजनीतिक कार्यक्रम बाहेकमा उपस्थिति हुँदा समेत राजनीतिक विषयमा कुरा गर्नु नयाँ भने हैन । पछिल्लो समयमा एमालेको केन्द्रिय सदस्य बनेका स्वास्थ्य उद्यमी उनले पनि आफूले पाएको समयमा राजनीतिक विषयमा नै प्रवचन दिएका हुन् । हरेक विषयमा प्रष्ट कुरा गर्ने गरेका उनी आफ्नो अभिव्यक्तिकै कारण विवादमा र आलोचनामा समेत तानिने गरेका छन् । एमाले प्रवेशसँगै राजनीतिक वृत्तमा समेत चर्चामा रहेका उनले बिहीबार झापाको अर्जुनधारा १ स्थित आदिशक्ति

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 123 पटक पढिएको
  • आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदै

    काठमाडौं / इसाई धर्मका संस्थापक प्रभु येशू ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशू ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशूको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।क्रिसमसको आकर्षण शान्ता क्लस हुन् । रातो टोपी लगाएका लामो सेतो दाह्री पालेका वृद्ध सान्ताले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास गरिन्छ । क्रिसमसका

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 129 पटक पढिएको
  • आज किरात समुदायकाे उधौली पर्व, विभिन्न कार्यक्रम गरी मनाउँदै

    काठमाडौं / मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । ३ दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बू, सुनार र याक्खा जातिले संयुक्त रुपमा उधौली पर्व मनाउने गर्छन् ।किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । नयाँ अन्न (धान, कोदो, अदुवा आदि) पितृलाई चढाएर घर–घरमा पूजा गरिन्छ । त्यसैगरी सामूहिक थानहरूमा भूमिको पूजा गर्दै प्रकृतिप्रति आभार प्रकट गर्ने काम नै उधौली पूजा हो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अ

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 149 पटक पढिएको
  • आज गीता जयन्ती मनाइँदै

    बिर्तामोड / वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ ।    वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२९ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ ।कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 128 पटक पढिएको
  • २२ जोडीको एकै पटक सामूहिक विवाह

    धनुषा / धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ ।विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो । सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामूहिक विवाह समारोहमा विभिन्न जातजातिका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए । विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवर्द्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 142 पटक पढिएको
  • सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित त्रिपुरासुन्दरी देवीको मन्दिरबाट सुनको जलप प्रयोग गरिएको  जिल्लाकै पुरानो र ऐतिहासिक मूर्ति चोरी भएको हो । मंगलबार राति अपरिचित युवकहरू बाइकमा आएर सयौँ वर्ष पुरानो भगवतीको एउटा, विष्णुको दुईवटा मूर्ति र कलश चोरको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि ०२५ र ०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 116 पटक पढिएको
  • मनकामना मन्दिरका पुजारी बज्राचार्यको मृत्यु

    गोरखा / गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका पुजारी रत्नराज बज्राचार्यको मृत्यु भएको छ । हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका –४ का बज्राचार्यको बिहीबार राति हृदयघातबाट मृत्यु भएको हो । पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै उनको मृत्यु भएको बताइएको छ । 

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 192 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.