झापा / भारतस्थित जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।
त्रिकुटा पहाडस्थित मन्दिरको गर्भगृहको बाहिर भएको उक्त घटनामा परी ३० जना घाइते भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नयाँ वर्षका दिन भक्तजनबीच विवादका हुँदा मानिसहरूले एकले अर्कालाई धक्का दिन थालेपछि भागदौड भएको थियो । ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिस रहेका छन् ।






































